- चिरफार डटकम, विराटनगर ६७६ पटक हेरिएको
बुधबार, मंसिर १३, २०८० समय : १७:५६:२१ , १० महिना अगाडि
मोरङमा तस्करीको लाइन खुलेको छ । लामो समयदेखि बन्द रहेको तस्करी लाइन पूर्व रुपमा खुल्ला भएका खुल्ला भएका हुन् । जिल्लामा प्रहरी हाकिम फेर बदल हुने क्रममा रहेको बेला एक्कासि तस्करी लाइन संचालनमा आएको हो । पछिल्लो समय जिल्लामा १/१ वर्षमा प्रहरीको हाकिम फेरबदल हुने गरेको छ । प्रहरीका अहिलेका हाकिमको समय अवधि सकिएको छ । र आज, भोली हाकिम फेरबदल हुने क्रममा छ ।
गृहमन्त्रालयले मातहतका विभिन्न कार्यालयका प्रहरी हाकिमको फेरबदल गरिरहेका छन् । केही दिन भित्र मोरङ प्रहरीका हाकिमको फेरबदल हुँदैछ । प्रहरीका हाकिम जिल्ला छोड्ने बेलामा रहस्यमय तरिकाले तस्करीको लाइन संचालनमा आएको हो । विराटनगर महानगरपालिकाको भारत सँग सिमाना जोडिएको दरैया, रानी, मटेरुवा, इस्लामपुर, भेडियारीबाट तस्करीको लाइन खुलेको छ ।
यस सँगै मोरङ जिल्लाको बुधनगर, तारेगामा, डाइनिया लगायतका स्थानहरूबाट तस्करीको लाइन खुलेको छ । प्रत्येक दिन मोटो परिमाणमा भारतबाट खाद्यान्नदेखि लत्ताकपडा विराटनगर भित्रिरहेका छन् । जसमा सीमान्त क्षेत्रमा कमान्ड समालेर बसेका प्रहरीका इन्चार्जदेखि जिल्लाका हाकिमसम्मको सम्लगनता रहेका छन् ।