समाजसेवी दिनबन्धु गोयल सहित १ सय जना विशिष्ट व्यक्ति सम्मानित हुँदै 

  • ब्रह्मदेव यादव, विराटनगर ७५४  पटक हेरिएको

बिहिबार, मंसिर १४, २०८० समय : १६:२२:०४ , ११ महिना अगाडि

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले बरिष्ठ समाजसेवी एवं उद्योगी दिनबन्धु गोयल सहित १ सय भन्दा बढि विशिष्ट व्यक्तिहरू सम्मानित हुँदैछ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरका प्रमुख सञ्चालिका गीता दिदीले बिहीबार पत्रकार सम्मेलन गरेर मंसिर १६ गते शनिबार समाजका १ सय जना भन्दा बढि विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्न लागिएको जानकारी गराएका छन् ।

विराटनगर–९ स्थित सिटी पार्टी प्यालेसमा सेवा केन्द्रले सम्मानका कार्यक्रम राखेका छन् । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ सम्मान कार्यक्रमका प्रमुख अतिथि रहनु भएको छ । प्रदेश प्रमुख सहित कोशी प्रदेशका सांसद भीम पराजुली सहित सांसदहरू सम्मान कार्यक्रममा सहभागिता जनाउने छन् । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका १० जनाको टिम सम्मानका लागि भारतबाट नेपाल आइसकेका छन् ।

प्रदेश प्रमुख खापुङकै हातबाट बरिष्ठ समाजसेवी एवं उद्योगी दिनबन्धु गोयललाई समान गर्ने कार्यक्रम रहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले जानकारी गराएका छन् । समाजको हरेक क्षेत्र तह र तप्कामा रहेर समाज परिवर्तनको क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेका विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्न लागेको सेवा केन्द्रले जानकारी गराएका छन् ।

सम्मान कार्यक्रमका लागि भारतको मुम्बईबाट विराटनगर आइपुगेका प्रसिद्ध उत्प्रेरक एवं प्राध्यापक ई.बी. गिरिस पत्रकार सम्मेलनमा सहभागिता जनाएका थिए । पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरूलाई पनि मंसिर १६ गतेको कार्यक्रममा सम्मान गरिने कार्यक्रम रहेको छ ।