म एमालेमा छैन- डा खतिवडा 

  • चिरफार डटकम, विराटनगर २९२  पटक हेरिएको

आइतबार, मंसिर १७, २०८० समय : १७:५०:३३ , १० महिना अगाडि

नेपाल सरकारका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आफू एमालेमा नरहेको स्पष्ट पारेका छन् । मोरङ व्यापार संघले आइतबार विराटनगरमा आयोजना गरेको आर्थिक बहस कार्यक्रममा सहभागी डा. खतिवडालाई कार्यक्रम प्रस्तोता पत्रकार अभयकुमार राईले नेकपा एमाले केन्द्रिय सदस्य भनेर परिचित गराउँदा उनले आफू एमालेमा नरहेको स्पष्ट पारे ।

नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. खतिवडालाई अर्थमन्त्री बनाएका थिए । र डा. खतिवडाले अर्थमन्त्रीको हैसियतमा एमालेको एजेण्डालाई हुबहु लागू गरेका थिए ।