विराटनगर भन्सारमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनको नयाँ समिति

  • ... १३३३  पटक हेरिएको

मंगलबार, माघ ०३, २०७९ समय : १८:०३:५० , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

विराटनगर भन्सार कार्यालयमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठको नयाँ समिति गठन भएको छ । यस अघि विराटनगर भन्सार कार्यालयमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठनको तदर्थ समिति रहेका थिए ।

संगठनको मंगलबार विराटनगरमा भएको पहिलो साधारण सभाले नवलप्रसाद उपाध्यायको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । समितिको उपाध्यक्षमा राकेशकुमार ठाकुर र शरणकुमार खरेल रहेका छन् ।

संजय दुगडले सचिव पदको महत्वपूर्ण जिम्मेवारी पाएको छ । अरविन्दकुमार ठाकुर र श्रीमती तारा शाही सहसचिव र सुनिलकुमार पौदार कोषाध्यक्ष रहेका छन् ।

ललित बोहरा, संजित भगत, उदय भट्टराई, बसन्त जैन, निरन्जन अग्रवाल, रामभरोसेप्रसाद गुप्ता र किरणशंकर साह सदस्य रहेका छन् ।

१५ सदस्यीय कार्यसमिति रहने व्यवस्था बमोजिम १ सदस्यको टुङ्गो पछि लगाउने सचिव दुगडले बताए । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो ।