- चिरफार डटकम, विराटनगर ३८२ पटक हेरिएको
सोमबार, पुष ०९, २०८० समय : १५:२५:११ , १० महिना अगाडि
सरकारी बिदाको दिन विराटनगर स्थित आन्तरिक राजश्व कार्यालय खुल्ला छ । नेपाल सरकारले २०८० पुस ९ गते सोमबार क्रिसमस र पुस १० गते मंगलबार उधौली पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर अति आवश्यक सेवा अन्तर्गत राजश्व समूहको कार्यालय र बैंक कार्यालय खुल्ला रहने निर्णय गरेका छन् ।
सरकारले राजश्व समूहको कार्यालय खुल्ला राख्ने गरेको निर्णयलाई राजश्व समूहका कर्मचारीहरूले स्वागत गरेका छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डि बी क्षेत्रीले उद्योगी व्यवसायीहरूलाई विभिन्न शीर्षकको कर बुझाउन सजिलो होस् भन्ने उद्देश्यका साथ सरकारी बिदाको दिन कार्यालय खुल्ला गरिएको बताए ।
करदातालाई कर बुझाउन सजिलो हुने गरी आन्तरिक राजश्व कार्यालय विराटनगर परिसरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको कार्यालय खुल्ला रहेको प्रमुख कर अधिकृत डा. क्षेत्रीले बताए ।