सशस्त्रका डीआइजी पोखरेलका घुमुवा बलात्कारमा संलग्न 

  • ब्रह्मदेव यादव, विराटनगर ६४१  पटक हेरिएको

बिहिबार, पुष १९, २०८० समय : १६:०७:०६ , ९ महिना अगाडि

सशस्त्र प्रहरी बल कोशी प्रदेश कार्यालयका प्रमुख डीआइजी अञ्जनीकुमार पोखरेलले परिचालन गरेका घुमुवा बलात्कारमा संलग्न रहेको पुष्टि भएको छ । बलात्कारमा संलग्न सशस्त्र प्रहरीका घुमुवा अरविन्द यादव पक्राउ परेका छन् । नेपाल भारतको अन्तर्राष्ट्रिय सिमाना रानी नाकामा कार्यरत सशस्त्र प्रहरीका घुमुवा यादवले सिमा क्षेत्रमा सामान ओसार पसार गर्ने एक महिलालाई सुनसरीको कोशी कटान क्षेत्रमा लगेर बलात्कार गरेका छन् । र त्यही बलात्कृत महिलाको उजुरीका आधारमा मोरङ प्रहरीले यादवलाई विराटनगरबाट पक्राउ गरेका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकीसिनुवारी घर भएका यादव शसस्त्र प्रहरीको ४ नं. गण हेडक्वार्टर मोरङमा दरबन्दी भई सशस्त्र प्रहरी बल रानी गणमा काज दरबन्दीमा कार्यरत थिए । र उनले सुनसरीमा महिलालाई बलात्कार गरेकोले मोरङ प्रहरीले उनलाई थप अनुसन्धानको लागि सुनसरी प्रहरीलाई जिम्मा लगाएका छन् । सशस्त्र प्रहरी बल रानी गणका पूर्व प्रहरी प्रमुख डीएसपी लोकेन्द्र सुब्बाको सिफारिसमा डीआइजी पोखरेलले यादवलाई सिमा क्षेत्रको घुमुवामा परिचालन गरेका थिए ।

सीमान्त क्षेत्र जोगबनी नाकाबाट नेपाल तर्फ सामान ओसार पसार गर्ने एक महिलासँग सशस्त्र प्रहरीका घुमुवा यादवसँग चिनजान भएको र उनी ती महिलासँग नजिकको सम्बन्ध बनाएका थिए । कारोबारी महिलाको बहिनीको जन्मदिनमा सहभागिता जनाउन सुनसरी पुगेका यादवले फर्किने क्रममा कोशी कटान क्षेत्रमा महिलालाई बलात्कार गरेका थिए ।