राप्रपा मोरङले मनाए पृथ्वी जयन्ती 

  • चिरफार डटकम, विराटनगर ७६९  पटक हेरिएको

शुक्रबार, पुष २७, २०८० समय : १५:५७:५३ , २ वर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले शुक्रबार ३०२ औं पृथ्वी जयन्ती मनाएको छ । राप्रपाका केन्द्रिय महामन्त्री डा. धवलशमशेर राणा, केन्द्रिय सहप्रवक्ता दिनेश साह, केन्द्रिय सदस्य मनोज बस्नेत, केदार कोइराला, विश्वमोहन थापा र मोरङ जिल्ला अध्यक्ष गोपाल कटुवाल कार्यक्रमका मुख्य आकर्षण रहेका थिए । राप्रपा मोरङले शुक्रबार विराटनगर स्थित संसारी माइस्थानबाट पञ्चेबाजा सहित निकालेको र्‍याली नगरक्षेत्रको विभिन्न भागको परिक्रमामा गर्दै उद्योग संगठन मोरङको सभाहल पुगेर विचार गोष्ठी सहित चियापान समारोहको आयोजना गरेर कार्यक्रम समापन गरेका थिए ।

राप्रपाका बरिष्ठ नेता दिलीप धाडेवाले नेपाल एकीकरणमा राष्ट्र नायक पृथ्वी नारायण साहको योगदानको कदर गर्दै कार्यक्रम आयोजना गरेको बताए । गोपाल कटुवालले राप्रपा मोरङको नेतृत्व सम्हालिसके पछि भव्य समारोहको आयोजना गरेर पृथ्वी जयन्ती मनाएको हो ।