मोरङ प्रहरी कमजोर ?

  • ब्रह्मदेव यादव, विराटनगर ८२५  पटक हेरिएको

बुधबार, माघ ०३, २०८० समय : १७:०३:०९ , ११ महिना अगाडि

मोरङ प्रहरी कमजोर बनेको छ । कमजोर प्रहरी तन्त्रले राम्रो सँग काम गर्न नसक्दा जनतामा निराशा छाएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा प्रहरी किन कमजोर बन्यो भन्ने विषयलाई लिएर सर्वत्र चर्चा र बहस हुन थालेका छन् । विराटनगरमा पछिल्लो समय अवैध क्रियाकलाप गर्ने समूहको मनोबल बढेको छ । मोरङ भारतसँग सिमाना जोडिएको छ । र सीमान्त क्षेत्र विराटनगर महानगरपालिकामा क्यासिनो, यौन व्यापार र तस्करी तन्त्रले प्रसय पाइरहेका छन् ।

विराटनगरको बिग होटल र रत्ना होटलमा सञ्चालनमा रहेको क्यासिनोमा २५ प्रतिशत भन्दा बढि नेपाल ग्राहक प्रवेश गर्ने गरेका छन् । नेपाल सरकारले क्यासिनोमा नेपालीलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । विराटनगरमा क्यासिनो सञ्चालक र प्रहरी बिच सेटिङ छ । र सेटिङकै आधारमा क्यासिनो सञ्चालकले निर्वाध रुपमा नेपालीलाई क्यासिनो प्रवेश गराइ रहेका छन् । पछिल्लो समय विराटनगर नगर क्षेत्रमा बेश्यावृक्तिले प्रसय पाइरहेका छन् ।

विराटनगरदेखि सीमान्त क्षेत्र रानीसम्मका होटल र लजहरूमा निर्वाध रुपमा बेश्यावृक्ति हुने गरेका छन् । जुन बेश्यावृक्तिलाई नियन्त्रण र नियगमन गर्न मोरङ प्रहरी निष्कृय रहेका छन् । निष्कृय प्रहरी तन्त्रको फाइदा उठाउँदै काठमाडौंबाट समेत समूह समूहमा महिलाहरू विराटनगर आएर बेश्यावृक्ति गराइ फर्किने गरेको छ । पछिल्लो समय मोरङमा तस्करी तन्त्र मौलाएको छ ।

भारतले नेपालमा प्याज आयातमा प्रतिबन्ध लगाएको छ । जसका कारण चोरी तस्करीको माध्यमबाट ठूला परिमाणमा आलु र प्याजको भारतबाट नेपाल तर्फ तस्करी भई रहेको छ । जसमा आलु प्याज व्यवसायी र प्रहरीको सेटिङ छ । र प्रहरी तन्त्र जान अन्जानमा मुखदर्शक बनिरहेका छन् ।