- चिरफार डटकम, विराटनगर ५९३ पटक हेरिएको
मंगलबार, माघ ०९, २०८० समय : १४:५६:३१ , ९ महिना अगाडि
जहदा गाउँपालिकाका गरिब एवं विपन्न परिवारलाई विराटनगरका उद्योगी व्यवसायीले १ सय ५० थान कम्बल वितरण गरेको छ । निजी क्षेत्र नेपाल उद्योग परिसंघ कोशी विराटनगर र मोरङ व्यापार संघ विराटनगरले जहदा गाउँपालिकाका गरिब एवं विपन्न परिवारलाई कम्बल वितरण गरेको हो ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी पवन सारडा, परिसंघका केन्द्रिय उपाध्यक्ष उद्योगी भीम घिमिरे, परिसंघका उपाध्यक्ष दिपक पौडेल, परिसंघका कार्यसमिति सदस्य महिला उद्यमी अजिता बराल, परिसंघका महानिर्देशक विजयहरी शर्मा तथा मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष उद्योगी अनुपम राठी, कार्यसमिति सदस्य मनिष मारु, युवा उद्यमी महेशकुमार स्वर्णकारले मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई मार्फत जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र साहलाई १ सय ५० थान कम्मल हस्तान्तरण गरिएको हो ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका महानिर्देशक विजयहरी शर्माले जिल्ला दैविक प्रकोप उद्धार समिति मार्फत जहदा गाउँपालिकाका गरिब एवं विपन्न परिवारलाई कम्बल हस्तान्तरण गरिएको बताए । अब जहदा गाउँपालिकाले जाडोको मौसममा कम्बल किन्न नसक्ने गरिब एवं विपन्न परिवारलाई कम्बल वितरण गर्नेछ ।