“पूर्व राजा पुर्नस्थापना अभियान सुरु”

  • ब्रह्मदेव यादव, विराटनगर ११३६  पटक हेरिएको

सोमबार, फाल्गुण ०७, २०८० समय : १८:०३:१७ , ८ महिना अगाडि

पूर्व राजा ज्ञानेन्द्र शाहलाई पुर्नस्थापना गराउने अभियान सुरु भएको छ । एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पुर्नस्थापना गराउने अभियानको नेतृत्व सम्हालेका छन् । संघर्ष समितिले प्रजातन्त्र दिवस अर्थात पूर्व रानी कोमलराज्य लक्ष्मी शाहको ७४औं जन्मोत्सवको अवसरमा सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहलाई फर्काउने अभियान सुरु भइसकेको उद्घोष गरेका छन् ।

एकीकृत राष्ट्रिय संघर्ष समिति मोरङका अध्यक्ष बल्लभप्रसाद दाहालले व्यवस्था र अवस्था परिवर्तनका लागि निर्णायक आन्दोलनको तयारी भई रहेको बताए । नेपालमा राजसंस्था पूर्नस्थापना नभएसम्म संघर्ष समितिले निरन्तर आन्दोलन गर्ने अध्यक्ष दाहालले बताए । जुन दिन नेपालमा राजसंस्था पूर्नस्थापना हुन्छ । त्यही दिन संघर्ष समिति विघटन हुने अध्यक्ष दाहालले बताए ।

पूर्वराजा संस्था र हिन्दु राज्यको पुर्नस्थापना तथा संघीयता खारेज आगामी आन्दोलनको बटमलाइन रहेको र आन्दोलन सुरु गर्नुभन्दा अगाडि मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु तयारीमा जुटेको अध्यक्ष दाहालले बताए । नेपाल विद्धत परिषदका केन्द्रिय अध्यक्ष जीतबहादर अर्जेलले नेपाललाई बचाउन पूर्वराजा र राजसंस्थाको पूर्नस्थापना आवश्यक रहेको बताए ।

नेपाली राजनैतिकका टाइगर पूर्व मन्त्री बद्रिप्रसाद मण्डलले “राजा ल्याउ देश बचाउँ” नाराका साथ भिषण आन्दोलनको तयारी भइरहेको बताए । कार्यक्रममा पुष्पराज दाहाल, ब्युटी श्रेष्ठ, टिका सिटौला, गोकुल पोखरेल, केशवप्रसाद रिजाल, शम्भुनाथ कार्की र रमा प्रसाईँले देशमा राजसंस्था र हिन्दु राष्ट्रको आवश्यकता रहेको बताए ।