- चिरफार डटकम, विराटनगर ५०७ पटक हेरिएको
बुधबार, फाल्गुण ०९, २०८० समय : १८:३५:१३ , ८ महिना अगाडि
राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राज्य स्थापनाको माग गर्दै बुधबारदेखि आन्दोलन सुरु गरेका छन् । संघीयता खारेज सँगै संघीय र स्थानीय तह गरी दुई तहको सरकार मात्रै यथावत राख्न सरकारलाई सुझाव दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले ४० बुन्दे माग पत्र समेटिएको ज्ञापन पत्र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई बुझाएका छन् । राप्रपाका मोरङ जिल्ला अध्यक्ष गोपाल कटुवाल, केन्द्रिय महामन्त्री प्रहलादप्रसाद साह र केन्द्रिय सह-प्रवक्ता दिनेश साहले मोरङ प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई बुधबार ज्ञापन पत्र बुझाएका छन् ।
राप्रपाले नेपालको संविधान २०७२ प्रति असहमति राख्दै फरक मतका साथ हिन्दु राज्य स्थापना र संघीयता खारेजको मागलाई अगाडि सारेका छन् ।