कोशी प्रदेशको जङ्गलमा हात्ती पीडित जनताको गुनासो सुन्दै मुख्यमन्त्री कार्की 

  • ब्रह्मदेव यादव, विराटनगर ६०९  पटक हेरिएको

आइतबार, फाल्गुण १३, २०८० समय : १८:५५:०७ , ८ महिना अगाडि

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की जङ्गलमा हात्ती पीडित जनताको गुनासो सुन्ने र त्यसलाई समाधान गर्ने गरी पैदलयात्रा गरिरहेका छन् । मुख्यमन्त्री कार्कीले फागुन ९ गते झापा जिल्लाको बाहुनडाँगीबाट सुरु गरेको पैदलयात्रा फागुन १६ गते उदयपुरको बेलसोत पुगेर समापन हुनेछ । नेपाल भारतको सीमान्त क्षेत्र पूर्वी नेपालको झापा जिल्ला बाहुनडाँगी स्थित प्रसाद गौडाबाट सुरु भएको मुख्यमन्त्री कार्कीको जङ्गल पैदलयात्रा ८औं दिन उदयपुरको बेलसोत पुगेर समापन हुनेछ ।

जसका लागि मुख्यमन्त्री कार्कीले २५० किलोमिटर क्षेत्रको दुरी तय गर्नेछन् । मेची खोला तरेर नेपाल प्रवेश गर्ने गरेका हात्तीबाट झापा, मोरङ, सुनसरी र उदयपुर गरी ४ जिल्लाका जनता प्रभावित छ । हात्तीले रातीको समयमा सर्वसाधारणको खेतमा लगाएको बालीनाली खाने, नष्ट गर्नेदेखि घर भत्काउने तथा मान्छे मार्नेसम्मको उपद्रो काम गरी रहेका छन् । मुख्यमन्त्री कार्कीले हात्ती पीडित जनताको गुनासो सुन्ने र त्यसलाई समाधान गर्ने गरी पैदल यात्रा जारी राखेका छन् ।

मुख्यमन्त्री कार्कीले हात्ती पीडित क्षेत्रमा बसोवास गरी रहेका सर्वसाधारणको गुनासो सुन्ने र त्यसलाई दीर्घकालको लागि समाधान गर्ने गरी केही दिन पछि प्रदेश र स्थानीय तह व्यापक छलफल र बहस चलाउने छ । र हात्ती पीडित क्षेत्रको जनतालाई राहत प्रधान गर्न बालीनालीको बिमा गर्नेदेखि जङ्गलमा हात्तीको बासस्थानकै लागि पोखरी निर्माण गर्नेदेखि खानेकुराको बन्दोवस्त मिलाउने कार्ययोजना निर्माण गर्नेछ । मुख्यमन्त्री कार्कीको कदमलाई कोशी प्रदेशको जङ्गल क्षेत्रमा बसोवास गरी रहेका सर्वसाधारणले खुलेर प्रशंसा गरी रहेका छन् ।