संगठित हुँदै यादव समुदाय

  • चिरफार डटकम, विराटनगर ९५२  पटक हेरिएको

आइतबार, फाल्गुण २७, २०८० समय : १३:४४:२७ , ७ महिना अगाडि

देशभरी छरिएर रहेका यादव समुदाय जातीय संस्था नेपाल यादव सेवा समितिको नामबाट संगठित हुन थालेका छन् । यादव सेवा समितिको शनिबार विराटनगरमा भएको वृहत भेलाले विराटनगर महानगरपालिका वडा नं. १२ वडा समिति गठन गरेका छन् । नेपाल यादव सेवा समिति मोरङको आयोजनामा केन्द्रिय समितिका पदाधिकारीहरूको सहभागितामा भएको भेलाले विराटनगर–१२ मा १६ सदस्यीय नेपाल यादव सेवा समितिको वडा समिति घोषणा गरिएको छ ।

भेलाले मुगालाल यादवलाई सभापति, रमानन्द यादवलाई सह–सभापति, प्रमोदकुमार यादवलाई सचिव, महेशकुमार यादवलाई सह–सचिवइन्दिराकुमारी यादवलाई कोषाध्यक्ष पदको जिम्मेवारी सुम्पिएको छ । सुमन यादव, विनिता यादव, कौशिला यादव, देवनारायण यादव, कोशीकुमार यादव, रामकुमारी यादव, सुरेश यादव र रामकुमार यादव समितिका सदस्य रहेका छन् ।

विजयनारायण यादव, गोपी यादव र बसन्त यादवलाई समितिको सल्लाहकार समितिमा राखिएको छ । भेलामा महेश्वर यादव, इ. शत्रुधन यादव लगायत यादव समुदायका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।