- ... ६१२ पटक हेरिएको
सोमबार, माघ ०९, २०७९ समय : १६:५५:२३ , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
रोटरीयनको सहयोगमा विराटनगरका ३ सरकारी विद्यालयको स्तर उन्नती भएको छ । विद्यालयको स्तर उन्नतीकालागि विराटनगरकालाई कार्यक्षेत्र बनाएर काम गरिरहेका ३ रोटरी क्लब र अमेरिकाको टेक्सार राज्यको रोटरी क्लबले १ करोड १५ लाख भन्दा बढि रकम खर्च गरेको छ ।
रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलले ३ सरकारी विद्यालयको स्तर उन्नतीकोलागि २ बर्षभन्दा बढि समयदेखि काम गरिरहेका थिए । र सोमबार भब्य समारोहको आयोजना गरेर ३ वटै क्लबले स्तर उन्नती गरेको ३ वटै विद्यालयको चाबी हस्तान्तरण गरेको छ ।
रोटरी क्लब अफ विराटनगरका अध्यक्ष कविन श्रेष्ठले विराटनगर–६ स्थित रामपुरको श्री जनचेतना आधारभूत विद्यालयको स्तर उन्नतीकालागि ५२ लाख रुपैयाँ, रोटरी क्लब अफ विराटनगर डाउनटाउनका अध्यक्ष रेखा राठीले विराटनगर–५ कोचाखाल स्थित विराट महेन्द्र रात्री विद्यालयको स्तर उन्नतीकालागि ३३ लाख र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष नम्रता रिजालले विराटनगर–२ स्थित श्री आधारभूत विद्यालयको स्तर उन्नतीकालागि ३० लाख रुपैयाँ खर्च गरेका छन् ।
विराटनगर–६ रामपुर स्थित श्री जनचेतना आधारभूत विद्यालयमा सोमबार आयोजित विद्यालयको चाबी हस्तान्तरण कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र रोटरी क्लब अफ विराटनगरका अध्यक्ष कविन श्रेष्ठ लगायतका रोटरीयनहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृतकुमार साह हलुवाई र प्रधानाध्यापक जयन्ती दासलाई विद्यालयको चाबी हस्तान्तरण गरे ।
कार्यक्रममा रोटरीयन सन्तोष रिजाल, ताराचन्द खेतान, सुरेन्द्र गोल्छा, डा. बिजु थपलिया, मनोजविक्रम शाह, कमल अग्रवाल, रेखा राठी, सुप्रिया सारडा, श्रृती शर्मा, जीना थापा, रचना राठी, अनिता देव, शिवरतन जोशी र नन्दिप अग्रवालको सहभागीता रहेको छ ।
सोमबार नै राटरी क्लब अफ विराटनगर डाउनटाउनका अध्यक्ष रेखा राठी र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष नम्रता रिजालले स्तर उन्नति गरेको विद्यालयको चाबी पनि सोमबार नै विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।