- ब्रह्मदेव यादव, विराटनगर ६९९ पटक हेरिएको
आइतबार, चैत्र ११, २०८० समय : १३:२४:१८ , ७ महिना अगाडि
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मारवाडी समुदाय कहिले पनि गरिब हुँदैन र नमिठो खाने कुरा पनि खादैन भन्ने सन्सनी खेद रहस्य सार्वजनिक गरेका छन् । विराटनगरमा उद्योग, व्यवसायी गरेर सामाजिक क्षेत्रमा सक्रिय रहेका मारवाडी समुदायको एउटा बेग्लै मर्निङवाक समुह छ । गैर मारवाडी समुदायका व्यक्ति पनि मर्निङवाक समुहमा सक्रिय सदस्य रहेका छन् । त्यही मर्निङवाक समुहले होली पर्वको अवसरमा शनिबार विराटनगरमा आयोजना गरेको होली मिलन समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी भट्टराईले मारवाडी समुदायको बारेमा यस्तो सन्सनीखेद रहस्य तथ्य बाहिर ल्याइदिएको हो ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले कार्यक्रमको सुरुमा मारवाडी कहिले पनि गरिब हुँदैन । उद्योग व्यवसायी गर्ने मारवाडी समुदाय मेहनती र लगनशील हुन्छ । साह्रोगाह्रो परेको बेला मारवाडी समुदाय सामूहिक भण्डारमा गएर खाना खाएर जीविका चलाउँछन् । उद्योग व्यवसायीबाट आर्जन गर्ने गरेको रकमबाट केही प्रतिशत रकम सामूहिक क्षेत्रमा खर्च गर्ने गरेका छन् ।
विराटनगरको मर्निङवाक समुहका संयोजक उद्योग एवं समाजसेवी देवकीनन्दन अग्रवाल र अध्यक्ष पृथ्वी अग्रवालले नर सेवा नारायण सेवाको नामबाट विराटनगरको कोशी अस्पतालका कुरुवालाई १ सय ६० भन्दा बढि दिनदेखि खुवाउँदै आइरहेको निःशुल्क दिवा खानाको खुलेर प्रशंसा गरेका छन् । यस बाहेक मर्निङवाक समुहले दैविक प्रकोपको बेला पीडित परिवारलाई राहत सामग्री वितरण, विराटनगर–१४ जतुवा स्थित गौशालामा गाईलाई आहार वितरण, शिक्षा आर्जन गर्न नसकेका गरिब विपन्न परिवारका बालबालिकालाई शिक्षा आर्जनका लागि आर्थिक सहयोग जस्ता सामाजिक कार्यमा सक्रिय रहेका छन् ।
जुन कामको प्रमुख जिल्ला अधिकारी भट्टराईले प्रशंसा गरेका छन् । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उद्योगी महेश जाजु, नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी, कांग्रेस मोरङ जिल्ला समिति सदस्य विद्यानन्द माझीले मर्निङवाक समुहले सञ्चालन गरी रहेको सामाजिक कार्यबाट गरिब, विपन्न बर्गलाई फाइदा पुगेको बताए । कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरे, परिसंघका कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साह, उद्योगी श्रवण अग्रवाल, कांग्रेसका युवा नेता महेश साह स्वर्णकार शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि थिए ।