कोशी प्रदेशमा कृषि मूल्य सूचना प्रणाली लागू 

  • चिरफार डटकम, विराटनगर ४६०  पटक हेरिएको

बिहिबार, चैत्र १५, २०८० समय : १४:२९:४२ , ८ महिना अगाडि

कोशी प्रदेशमा कृषि मूल्य सूचना प्रणाली लागू भएको छ । किसान र व्यापारी बिच सामान खरीद बिक्री गर्न सरल र सहज हुने उद्देश्य अनुरूप कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली लागू गरेको हो । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले बुधबार कृषि मूल्य सूचना प्रणालीको शुभारम्भ गरेका छन् ।

कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहाल, महाशाखा प्रमुख पशुपति पोखरेल, स्थानीय तहका जनप्रतिनिधि, किसान र व्यापारीको सहभागिता रहेको थियो । कार्यक्रममा मन्त्रालयका सचिव डा. लेखराज दाहालले किसान र व्यापारीलाई सूचना आदानप्रदान गर्न यो प्रणाली आवश्यक रहेको बताए ।

उनले घरमै बसेर मोबाइल एप्सबाट मूल्य हेरेर किसानले आफ्ना उत्पादन बिक्री गर्न सहज हुने बताए ।