- ब्रह्मदेव यादव, विराटनगर ९६९ पटक हेरिएको
आइतबार, बैशाख ०२, २०८१ समय : १३:०७:५४ , ६ महिना अगाडि
विराटनगरका बरिष्ठ समाजसेवी दिनबन्धु गोयलले सुनसरी चतराको कुम्भ मेलामा धर्म नभई पाप कमाउन पाइन्छ भन्ने अभिव्यक्ति दिएका छन् । सुनसरीको चतरा कुम्भ मेलामा ट्राफिक प्रहरी व्यवस्थापनको जिम्मेवारी लिएका ट्राफिक प्रहरीको अभद्र व्यवहारका कारण जेष्ठ नागरिक कुम्भ मेला स्थलसम्म पुग्न नसकी बिच बाटोबाट नै फर्किने गरेका छन् ।
बैशाख २ गते आइतबार विराटनगरका बरिष्ठ समाजसेवी गोयल कुम्भ मेलामा सहभागि हुन जाँदा ट्राफिक प्रहरीको अव्यवस्थित व्यवस्थापन दुर्व्यवहारका कारण कुम्भ मेला स्थलमा नपुगी बाटैबाट फर्केर विराटनगर आइपुगेका छन् ।
बरिष्ठ समाजसेवी गोयलले सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नं. १ स्थित चतराधाममा लागि रहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा भक्तजनको एक दिनको भोजन व्यवस्थापनका लागि १ लाख ११ हजार रुपैयाँ सहयोग गरेका छन् । तर बरिष्ठ समाजसेवी गोयल कुम्भ मेला स्थलमा पुग्न नसकी बाटैबाट फर्केका छन् । र आफूलाई कुम्भ मेला अपमानित भएको महसुस समेत गरेका छन् ।
आइतबार चिरफार डटकम सँग कुरा गर्दै बरिष्ठ समाजसेवी गोयलले चतराको कुम्भ मेला स्थलसम्म जेष्ठ नागरिकलाई पुग्नका लागि ट्राफिक प्रहरीले एकतर्फी बाटो दिनु पर्ने माग गरेका छन् । ट्राफिक प्रहरीले कुम्भ मेला स्थलको ३ किलो मिटर टाढा नै गाडी रोकी दिने जसको कारण जेष्ठ नागरिक कुम्भ मेला स्थलसम्म पुग्न नसक्ने अवस्था छ । यस तर्फ कुम्भ मेला आयोजक समितिको ध्यान जान जरुरी रहेको बरिष्ठ समाजसेवी गोयलको भनाई छ ।