- चिरफार डटकम, विराटनगर ७४४ पटक हेरिएको
आइतबार, बैशाख ०२, २०८१ समय : १८:४५:०८ , ८ महिना अगाडि
विराटनगरको श्री विराटेश्वर शिव मन्दिर व्यवस्थापन समितिले शताब्दी वर्षको अवसरमा भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गरेको छ । विराटनगर–२ स्थित मेनरोडमा रहेको श्री विराटेश्वर शिव मन्दिर महाशिवरात्रिको बेला पूजापाठ गर्न हिन्दु तथा सनातन धर्मावलम्बीहरूको घुँइचो लाग्ने गर्छन ।
वि.सं. १९८१ सालमा स्थापना भएको मन्दिरले १ सय वर्ष पुरा गरेको छ । नयाँ वर्ष २०८१ सालको अवसर पारेर मन्दिर व्यवस्थापन समितिले हिन्दु तथा सनातन धर्म सम्बन्धी सम्पूर्ण जानकारीलाई समावेश गरेर भित्तेपात्रो प्रकाशन गरेको हो ।
मन्दिरको १ सय वर्षको इतिहासमा भित्तेपात्रो प्रकाशन गर्ने उद्योगी एवं समाजसेवी देवकीनन्दन अग्रवाल पहिलो अध्यक्ष पनि बनेका छन् । क्यालेण्डर प्रकाशन गर्न मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष निरञ्जन खेतान र आनन्द जाजु, महासचिव शेरसिह दुगड, कोषाध्यक्ष घनश्याम राठी सहित समितिका सदस्यहरूले अध्यक्ष अग्रवाललाई सहयोग गरेका थिए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उद्योगी एवं समाजसेवी देवकीनन्दन अग्रवाल, निर्वतमान अध्यक्ष उद्योगी महेश जाजु, सुरेशकुमार शर्मा, ताराचन्द खेतान, शंकरलाल अग्रवाल, नन्दकिशोर राठी, चम्पालाल राठी, बेनीगोपाल मुन्दडा, पृथ्वी अग्रवाल, भवानी बोहरा सहित समाजका प्रतिष्ठित व्यक्तिहरूले भित्तेपात्रोको विमोचन गरेका थिए ।