पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीको पदस्थापन

  • ब्रह्मदेव यादव, विराटनगर ५३८  पटक हेरिएको

शुक्रबार, बैशाख १४, २०८१ समय : १६:०४:१९ , २ हप्ता अगाडि

पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ विराटनगरको १५औं साधारण सभाबाट निर्वाचित पदाधिकारीहरूको शुक्रबार पदस्थापन भएको छ । संघको साधारण सभाबाट शत्रुघ्नप्रसाद यादवको अध्यक्ष रहेको १७ सदस्यीय पदाधिकारी र कार्यसमिति सदस्य निर्वाचित भएका थिए । नवनिर्वाचित पदाधिकारीहरूको शुक्रबार विराटनगरमा सपथ ग्रहण सँगै पदस्थापन भएको छ ।

संघको अधिवेशनले अध्यक्षमा शत्रुघ्नप्रसाद यादव, उपाध्यक्षमा गोपाल श्रेष्ठ र सुकदेव सिंह, महासचिवमा ललित पुनिया, सचिवमा द्रोणराज रेग्मी, कोषाध्यक्षमा दिनेश महतो र सम्पर्क सचिवमा नविनकुमार कर्ण निर्वाचित भएका थिए ।

भेषराज निरौला, कमल ढकाल, विजय साह, रामबहादुर थापा मगर (उमेश), मुकेशकुमार शर्मा, हेमन्तकुमार मारु, बलदेव सिंह, राजेशकुमार गुप्ता, हरप्रित सिंह र कुशकुमार भण्डारी कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।

पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ विराटनगरको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रमका प्रमुख अतिथि नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका केन्द्रिय अध्यक्ष मनोजकुमार दासले नवनिर्वाचित अध्यक्ष शत्रुधनप्रसाद यादव सहित पदाधिकारी र कार्यसमितिका सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । निर्वाचन समितिका संयोजक अधिवक्ता पुनम गुप्ताले निर्वाचित पदाधिकारी र सदस्यहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका केन्द्रिय अध्यक्ष मनोजकुमार दास, केन्द्रिय उपाध्यक्ष सुनिलकुमार बिडला, नेपाल ग्यास बिक्रेता महासंघका केन्द्रिय अध्यक्ष शिवप्रसाद घिमिरे, नेपाल पेट्रोलिय डिलर्स एशोसिएसन कोशीका अध्यक्ष दुर्गाबहादुर बस्नेत, नेपाल आयल निगम कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख नवविनोद पोखरेल, नापतौल तथा गुणस्तर कार्यालय विराटनगरका प्रमुख शम्भुकुमार झा, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघ विराटनगरका निवर्तमान अध्यक्ष ध्रुवप्रसाद सिग्देलले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।