- ब्रह्मदेव यादव, विराटनगर ४२४ पटक हेरिएको
शुक्रबार, जेठ ०४, २०८१ समय : १४:४०:२८ , ५ महिना अगाडि
विराटनगरको कोशी अस्पताल सेवा प्रवाहमा पहिलो स्थान हासिल गरेको छ । नेपाल अधिराज्यभरी रहेका सरकारी स्वामित्वको अस्पताललाई पछाडि पार्दै विराटनगरको कोशी अस्पताल ५४ अंकका साथ पहिलो स्थान हासिल गर्न सफल भएका छन् । कोशी अस्पतालकै इतिहासमा सेवा प्रवाहमा ५४ अंकका साथ पहिलो पटक अस्पतालले पहिलो स्थान हासिल गर्न सफल भएको हो । यस अघि कोशी अस्पतालले सेवा प्रवाहमा सबै भन्दा बढि ४८ र ४९ अंक प्राप्त गर्ने गरेका थिए ।
कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले अस्पतालमा कार्यरत डाक्टर, नर्स, कर्मचारी सबैको मेहनतका कारण अस्पताल सेवा प्रवाहमा पहिलो स्थान हासिल गर्न सफल भएको बताए । विराटनगर स्थित कोशी अस्पतालमा एन.आई.सि.यू., प्याथ ल्याब र एम.आर.आई. सेवा सञ्चालनमा नरहेकोले अंक कटौती भएको र यसरी अंक कटौतीका बावजुत अस्पताल पहिलो स्थानमा पुग्न सफल भएको डा. झा ले बताए ।
कोशी अस्पतालमा स्वास्थ्य संग सम्बन्धित सबै प्रकारका सेवा सुचारु हुने हो भने सेवा प्रवाहमा ८० भन्दा बढि अंकका साथ कोशी अस्पताल देशकै नमुना अस्पतालको उपाधि प्राप्त गर्न सक्ने प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बताए । अस्पताल विकास समितिको अध्यक्षमा डा. फरवार्ड सिलवाल र प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झाले जिम्मेवारी सम्हालेपछि कोशी प्रदेशकै सुविधा सम्पन्न कोशी अस्पताल सेवा प्रवाहमा अग्रस्थानमा पुग्न सफल भएको हो ।