- ब्रह्मदेव यादव, विराटनगर ७४१ पटक हेरिएको
मंगलबार, जेठ २९, २०८१ समय : १५:०३:०८ , ४ महिना अगाडि
विराटनगर भन्सार कार्यालयका भन्सार एजेन्ट सरोज न्यौपानेले किन यूजर आइडी नम्बर चेन्ज गर्यो भन्ने विषय माथि चर्चा र बहस सुरु भएको छ । न्यौपाने नेपाल सरकार अर्थमन्त्रालय अन्तर्गत भन्सार विभागको १ हजार ६० नम्बरको लाइसेन्स प्राप्त भन्सार एजेन्ट हुन् । भन्सार एजेन्ट न्यौपानेले गैर भन्सार एजेन्ट कुन्दन मण्डलसँग मासिक रुपमा केही रकम बुझ्दै आफ्नो यूजर आइडी नम्बर प्रयोग गर्न दिएका थिए ।
गैर भन्सार एजेन्ट कुन्दन मण्डल विगत लामो समयदेखि भारतबाट नेपालमा कपडा आयात कार्यमा सक्रिय छन् । नेपाल सरकारले भारतबाट नेपालमा कपडा आयात कर्ता व्यवसायीलाई उद्योग तर्फको कपडा खरिदमा सफटा सुविधा दिइरहेका छन् । सफटा सुविधा भनेको धनी देशले गरिब देशलाई दिने अनुदान रकम हो । तर गैर भन्सार एजेन्ट कुन्दन मण्डलले सफटा सुविधाको व्यापक दुरुपयोग गरिरहेका छन् ।
उद्योगको कपडामा सफटा सुविधाको व्यवस्था छ । तर गैर भन्सार एजेन्ट कुन्दन मण्डलले ट्रेडिङको कपडालाई उद्योगको कपडा भन्दै नक्कली एलसी र नक्कली सफटा सुविधाको कागजात बनाएर नेपाल सरकारको मोटो रकम राजश्व छली कार्यमा सक्रिय छन् । जुन कार्यमा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालदेखि भन्सार अधिकृत र भन्सारका नायब सुब्बा अर्थात जाँचकीहरू संलग्न रहेको तथ्य बाहिरिएको छ ।
नेपाल सरकारको अर्थ मन्त्रालयले सफटा सुविधाको दुरुपयोग कार्यमा सक्रिय गैर भन्सार एजेन्ट कुन्दन मण्डलको लामो समयदेखि विराटनगर भन्सार कार्यालयबाट जाँच पास गराएको कपडाको प्रज्ञापनपत्र माथि छानविन गर्ने तयारी गरेपछि आफू फस्ने डरले प्रज्ञापनपत्रमा हस्ताक्षर गरेका भन्सार एजेन्ट न्यौपानेले रातारात काठमाडौं पुगेर अर्थमन्त्रालयमा निवेदन दिएर यूजर आइडी नम्बर परिवर्तन गरेका छन् ।
चिरफार डटकम सँग कुरा गर्दै भन्सार एजेन्ट न्यौपानेले सुरुमा आफूले गैर भन्सार एजेन्ट कुन्दन मण्डललाई काम गर्न यूजर आइडी दिएको तर उनले आफ्नो यूजर आइडीलाई गलत कार्यमा प्रयोग गरेकोले यूजर आइडी नम्बर परिवर्तन गरेको बताए । गैर भन्सार एजेन्ट कुन्दन मण्डलले आफू नक्कली एलसी र नक्कली सफटा सुविधाको कागजात तयार पारेर सफटा सुविधाको दुरुपयोग नगरेको बताए । तर अर्थमन्त्रालय सँग सहकार्य गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सफटा सुविधाको दुरुपयोग गरेका भन्सार एजेन्ट सरोज न्यौपाने र गौर भन्सार एजेन्ट कुन्दन मण्डल माथि छानविन सुरु गर्ने तयारी गरेका छन् ।