विराटनगरलाई विकासमा पछाडि पारिएको कांग्रेस नेता चापागाईंको आरोप

  • ब्रह्मदेव यादव, विराटनगर ४५४  पटक हेरिएको

मंगलबार, आषाढ ०४, २०८१ समय : १४:३४:५४ , ४ महिना अगाडि

संघीय सरकार र कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट विनियोजन गर्दा विराटनगरलाई विकासमा पछाडि पारिएको प्रमुख प्रतिपक्ष राजनैतिक दल नेपाली कांग्रेसले आरोप लगाएको छ । नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईंले संघीय सरकार र कोशी प्रदेश सरकार विराटनगरलाई विकासमा पछाडि धकेल्ने गरी बजेट विनियोजन गरेको आरोप लगाएका छन् ।

समग्रमा संघीय सरकार र कोशी प्रदेश सरकार विकासमा विराटनगर विरोधी रहेको चापागाईंको आरोप छ । पछिल्लो समय केन्द्रदेखि कोशी प्रदेशमा सरकारको नेतृत्व नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सम्हाल्दा विराटनगरमा जारी विकास निर्माण शीर्षकको बजेट कटौती र खारेज गरेकोले त्यसका विरुद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्नुपर्ने आजको टडकारो आवश्यकता रहेको चापागाईंको भनाई छ ।

संघीय सरकारले बजेट विनियोजन गर्दा विराटनगरलाई अपहेलना गरेको र कोशी प्रदेश सरकारले बजेट विनियोजन गर्दा विराटनगरलाई झनै महाअपहेलना गरेको चापागाईंको आरोप छ । कोशी प्रदेश सरकारका अघिल्ला मुख्यमन्त्री केदार कार्कीले सुनसरी र मोरङ सँग सिमाना जोडिएको केशलिया रिङ रोड सडक निर्माणको डिपीआर तयार गरेर बजेट विनियोजन सहित अगाडि बढाइएको विकास निर्माण कार्यलाई अहिलेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खारेज गरेका छन् । र केशलिया रिङ रोड निर्माणको लागि कुनै किसिमको बजेट विनियोजन नगरेर रिङ रोडलाई अलपत्र सँगै विराटनगरलाई विकासमा पछाडि पार्ने गरिएको काम प्रति चापागाईंको गम्भिर असहमति रहेको छ । यस बाहेक अघिल्ला मुख्यमन्त्री केदार कार्कीले अगाडि सारिएका विकास सम्बन्धी महत्वपूर्ण योजनाको रकम कटौती गरेको प्रति चापागाईंको असहमति छ ।