विराट व्यापार संघले मनाए २४औं स्थापना दिवस

  • ब्रह्मदेव यादव, विराटनगर ७५२  पटक हेरिएको

बुधबार, आषाढ १२, २०८१ समय : १८:२३:५३ , २ वर्ष अगाडि

विराट व्यापार संघ विराटनगरले बुधबार २४औं वार्षिकोत्सव एवं स्थापना दिवस मनाएको छ । माई र गाई एउटै हुन् । यी दुवैको सेवा गरौँ भन्ने सन्देश प्रवाह गर्ने गरी संघले २४औं स्थापना दिवस मनाएको हो । पछिल्लो समय युवा पुस्ता नेपाल छोडेर विदेश पलायन हुने क्रम बढ्दो छ ।

युवा पुस्ता विदेश पलायन भई सकेपछि घरमा रहेका आमा बुबाको रेखदेख गर्ने परिवारका सदस्यको अभावमा आमा बुबालाई वृद्धवृद्धा आश्रममा राख्ने क्रममा बढ्दो छ । यसैगरी गाईको दूध खाने अनि गाई बूढो भई सकेपछि सडकमा लगेर छोडिदिने परम्पराको विकास भई रहेको छ ।

यी दुवैको हेरचाह र रेखदेख परिवारका सदस्यले घरमै गर्नुपर्ने परिपाटिको विकास होस् भन्ने समाजमा सन्देश प्रवाह गर्ने उद्देश्यका साथ संघले माई र गाईको अवधारणामा केन्द्रित रहेर २४औं स्थापना दिवस मनाएका हुन् ।

संघका अध्यक्ष अंशु बन्जारा, वरिष्ठ उपाध्यक्ष प्रमोद जिन्दल अग्रवाल, उपाध्यक्ष शरद श्रेष्ठ, मनोहर कार्की, सरस्वती ओझा, महासचिव किरण ढुंगेल, उपमहासचिव श्यामलाल पौडेल (भवेष), महिला उद्यम समितिका संयोजक सम्झना पौडेल, संघका प्रमुख कार्यकारी अधिकृत धरणीधर निरौला,  कार्यसमितिका पदाधिकारी र सदस्यहरूले बुधबार विराटनगर–१० स्थित मानव सेवा आश्रममा आश्रित आमाहरूलाई स्वादिष्ट भोजन गराएका छन् । साथै विराटनगर–१४, जतुवा स्थित श्रीकृष्ण गौशालामा रहेका सयौँ गाईहरुलाई हरियो घाँस खुवाएका थिए । 

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित