नेपाल उद्योग परिसंघ कोशीले मनायो चौथो स्थापना दिवस

  • चिरफार डटकम, विराटनगर ८५७  पटक हेरिएको

शुक्रबार, आषाढ १४, २०८१ समय : १६:५५:३१ , २ वर्ष अगाडि

नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिले शुक्रबार विराटनगरमा चौथो स्थापना दिवस मनाएको छ ।

परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरे, परिसंघका कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, उपाध्यक्ष दिपक पौडेल, सुशिल जोशी, रमेश राठी, देवेन्द्र गुप्ता, कोषाध्यक्ष साकेत राठी, महानिर्देशक विजयहरी शर्मा, कार्यसमिति सदस्य, महिला उद्यम समितिका पदाधिकारी र सदस्य तथा युवा उद्यमी मंचका पदाधिकारी र सदस्यहरू चौथो स्थापना दिवसको अवसरमा परिसंघको पुष्पवाटिकाको सरसफाइ सहित गोडमेल गर्दै विभिन्न जातका बिरुवा वृक्षारोपण गरेका थिए ।

परिसंघको चौथो स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए ।