“सुरक्षित लगानीबारे महिला उद्यमीलाई अभिमुखिकरण”

  • चिरफार डटकम, विराटनगर ४६६  पटक हेरिएको

मंगलबार, आषाढ १८, २०८१ समय : १७:५५:२९ , ३ महिना अगाडि

मोरङ उद्योग व्यापार संघले महिला उद्यमीलाई सुरक्षित ठाउँमा बचत गर्न सुझाव दिएका छन् । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले मंगलबार १ सय भन्दा बढी महिला उद्यमीलाई एकैथलोमा राखेर सुरक्षित बचत बारे जानकारी गराएका हुन् । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिका सभापति श्रृती शर्माले व्यापार व्यवसायबाट आर्जन गरेको रकमलाई सुरक्षित ठाउँमा बचत गर्न सल्लाह दिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताइन ।

सिद्धार्थ क्यापिटल लिमिटेडका कोशी प्रदेश प्रमुख प्रकाश सुवेदीले पछिल्लो समय लगानीको दायरा फराकिलो भएकोले बुझेर मात्रै सुरक्षित ठाउँमा लगानी गर्न महिला उद्यमीलाई सल्लाह दिएका छन् । मेनेजर सुवेदीले सिद्धार्थ क्यापिटल बैंकले सेवा प्रवाह गरिरहेको लगानी क्षेत्रको बारेमा महिला उद्यमीलाई जानकारी गराएका थिए ।

कार्यक्रममा मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष विकास बेगवानी विशिष्ट अतिथि रहेका थिए । उपाध्यक्ष बेगवानीले वित्तीय साक्षरतालाई सही सदुपयोग गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए । नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिका सभापति रचना राठी, समितिका उपाध्यक्ष गिरिजा सारडा, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यम समितिका सभापति सरु केसी, विराट व्यापार संघ महिला उद्यम समितिका संयोजक सम्झना पौडेल सहित १ सय भन्दा बढी महिला उद्यमीहरू कार्यक्रममा सहभागी भएका थिए ।