- चिरफार डटकम, विराटनगर ६०३ पटक हेरिएको
शुक्रबार, आषाढ २१, २०८१ समय : १७:१२:४४ , ३ महिना अगाडि
नेपाली कांग्रेसको तर्फबाट अमृत अर्याललाई कोशी प्रदेश सरकारमा मन्त्री बनाउनु पर्ने माग गर्दै लबिङ सुरु भएको छ । संघिय सरकार निर्माणका लागि नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन निर्माण भएको छ । संघिय सरकार निर्माणको खाका तयार भए लगत्तै कोशी प्रदेशमा अब बन्ने एमाले कांग्रेस गठबन्धनको सरकारमा नेपाली कांग्रेसबाट अमृत अर्याललाई मन्त्री बनाउनु पर्ने माग सहित लबिङ सुरु भएको हो ।
अमृत अर्याल नेपाली कांग्रेसका केन्द्रिय सदस्य हुन् । कांग्रेसले अर्याललाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने प्रस्ताव सहित सांसदमा चुनाव लडाएका थिए । मोरङ क्षेत्र नं. ५ को दुई प्रदेश सभाबाट सान्दार जित निकालेका अर्याललाई काँग्रेस भित्रैबाट कोशी प्रदेश संसदीय दलको नेता बन्नबाट रोकेका थिए ।
कांग्रेसको संस्थापन पक्ष पार्टी सभापति शेरबहादुर देउवाका दाहिने हात भनेर चिनिएका अर्याललाई यस पटक कोशी प्रदेश सरकारमा शक्तिशाली मन्त्रालय र मन्त्री पद दिन लबिङ सुरु भएको हो । देश भरीका कांग्रेसका नेता र कार्यकर्ताहरूले अर्याललाई मन्त्री बनाउन पार्टी सभापति देउवा माथि दवाव सृजना गर्न थालेका छन् । कांग्रेस केन्द्रिय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुली र सांसद भुपेन्द्र राई कोशी प्रदेश सरकारमा मन्त्री बन्ने दौडमा रहेका छन् ।