- ब्रह्मदेव यादव, विराटनगर ५३२ पटक हेरिएको
मंगलबार, आषाढ २५, २०८१ समय : १५:३८:०२ , ३ महिना अगाडि
विराटनगरका बरिष्ठ समाजसेवी दिनबन्धु गोयललाई सुनसरीको बराहक्षेत्र– चतरा कुम्भ मेला मूल आयोजक समितिले विशेष सम्मान गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरा स्थित सप्तकोशी नदिको किनारामा १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समारोह मूल आयोजक समितिले मंगलबार विराटनगरमा आयोजना गरेको धन्यवाद तथा सम्मान कार्यक्रममा बरिष्ठ समाजसेवी गोयललाई विशेष सम्मान गरेको हो ।
२०८० चैत्र २७ गतेदेखि २०८१ बैशाख २८ गते सम्म नेपालकै प्रसिद्ध तीर्थस्थल बराहक्षेत्रको चतरा स्थित सप्तकोशी नदि किनारामा आयोजित कुम्भ मेलामा भक्तजनलाई भोजनको व्यवस्थापन गर्न विराटनगरका बरिष्ठ समाजसेवी गोयलले १ लाख रुपैयाँ सहयोग गरेका थिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, बालसन्त मोहनशरण देवाचार्य, भोजन व्यवस्थापन समितिका संयोजक सुरेशकुमार शर्मा, नेपाल सरकार प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेल र कोशी प्रदेश सरकारका मुख्यसचिव केदारनाथ शर्माले बरिष्ठ समाजसेवी गोयललाई विशेष सम्मान गरेको हो । भोजन व्यवस्थापन समितिका संयोजक सुरेशकुमार शर्माले भक्तजनका लागि भोजनको व्यवस्थापन गर्न १ लाख रुपैयाँ सहयोग गरेका थिए । कार्यक्रममा शर्मालाई पनि विशेष सम्मान गरिएको छ ।
विराटनगरका गोयल, शर्मा सहित १९ जनाले कुम्भ मेलाको भोजन व्यवस्थापन समितिलाई जनही १/१ लाख रुपैयाँका दरले सहयोग गरेका थिए । सहयोग दाता १९ जनालाई नै कार्यक्रममा विशेष सम्मान गरिएको छ । यस बाहेक कुम्भ मेलालाई ५३ जनाले सहयोग गरेका थिए । सहयोग दाता ५३ जनालाई नै कार्यक्रममा सम्मान गरिएको छ ।
विराटनगरका बासुदेव गोल्यान, बेनिगोपाल मुन्दडा, ताराचन्द खेतान, देवेन्द्रकुमार राजगढिया, महेश/आनन्द जाजु, गणपतलाल/घनश्याम काबरा, किशनलाल/जतनदेवी दुगड, आशकरण/नन्दकिशोर राठी, शिवरतन सारडा तथा सारडा परिवार, जगनाथ तोदी, डेडराज तोदी, रामप्रसाद जाजु, लक्ष्मी नारायण, हरिकिशन, अर्जुनकुमार तापडिया, गोल्छा परिवार, नानुराम/रोशनकुमार तोदी, गोरधन दास, कमला बती, परोपकार प्रतिष्ठानलाई विशेष सम्मान प्रदान गरिएको छ । उद्योग संगठन मोरङका बरिष्ठ उपाध्यक्ष एवं उद्योगी समाजसेवी नन्दकिशोर राठी (तीनपैनी) लाई सम्मान गरिएको छ ।