विराटनगरको अतिथि सदनमा दुई दिने श्रावण मेला सुरु

  • ब्रह्मदेव यादव, विराटनगर ११५६  पटक हेरिएको

शुक्रबार, साउन ०४, २०८१ समय : १६:५७:१२ , ३ महिना अगाडि

विराटनगरको अतिथि सदनमा शुक्रबारदेखि २ दिने श्रावण मेला सुरु भएको छ । मारवाडी समुदाय भित्र माहेश्‍वरी समाज अन्तर्गत माहेश्‍वरी महिला मञ्च विराटनगरले श्रावण मेलाको आयोजना गरेको हो । शुक्रबारदेखि सुरु भएको श्रावण मेलाको शनिबार समापन हुनेछ । ललिता जाजुले माहेश्‍वरी महिला मञ्च विराटनगरको अध्यक्ष पदको जिम्मेवारी सम्हालेको ५ दिनको भित्र सम्पूर्ण तयारी पुरा गरेर श्रावण मेलाको आयोजना गरेको हो ।

भारतको दिल्ली, कलकता, बनारस, नेपालको काठमाडौँ, विराटनगर, धरान, झापा लगायतका रेडिमेड लत्ताकपडा श्रावण मेलामा बिक्री भइ रहेको छ । रेडिमेटका कपडा, कस्मेटिक सामग्री, हर्बलका सामान, सेलरोटीदेखि खाद्यान्न सम्मको सामग्री ३३ वटा स्टलबाट बिक्री भई रहेको छ । मञ्चले आयोजना गरेको श्रावण मेलाबाट आम्दानी हुने रकम गरिब अपाङ्गलाई सहयोग गर्ने अध्यक्ष जाजुले बताए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार श्रावण मेलाको उद्‌घाटन गरेका छन् ।

माहेश्‍वरी महिला मञ्च विराटनगरका अध्यक्ष ललिता जाजुको अध्यक्षतामा आयोजना गरिएको श्रावण मेलाको उद्‌घाटन समारोहमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य पवनकुमार सारडा, उद्योगी महेश जाजु, आनन्द जाजु, माहेश्‍वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबरा, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनका निवर्तमान अध्यक्ष रचना राठी, अखिल भारत वर्षीय माहेश्‍वरी महिला संगठनका पूर्वाञ्चल उपाध्यक्ष गिरीजा सारडा, अखिल भारत वर्षीय माहेश्‍वरी युवा संगठनका संयुक्त मन्त्री विवेक राठी, माहेश्‍वरी महिला मञ्च विराटनगरका निवर्तमान अध्यक्ष पुनम राठीको सहभागिता रहेको थियो ।

माहेश्‍वरी महिला मञ्च विराटनगरका प्रथम उपाध्यक्ष अनामिका परतानी, द्वितीय उपाध्यक्ष शितल बाहेती, सचिव कल्पना राठी, सहसचिव अर्चना तपडिया र कोषाध्यक्ष ललिता राठी श्रावण मेलालाई भव्य रुपमा सम्पन्न गराउन जोडतोडका साथ लागि परेका छन् ।