- ब्रह्मदेव यादव, विराटनगर ६२६ पटक हेरिएको
आइतबार, साउन २०, २०८१ समय : १२:५०:४७ , २ महिना अगाडि
नेपाल अग्रवाल सभा विराटनगरका नवनिर्वाचित अध्यक्ष राजकुमार अग्रवालको पदस्थापन भएको छ । सभाको साधारण सभाले राजकुमार अग्रवाललाई निर्विरोध अध्यक्ष निर्वाचित गरेका थिए । नवनिर्वाचित अध्यक्ष राजकुमार अग्रवालले शनिबार पदस्थापन गर्दै आफ्नै कार्यकालमा सभाको लागि कार्यालय भवन निर्माण गर्ने घोषणा गरेका छन् । अध्यक्ष राजकुमार अग्रवालले सभाको कार्यालय भवन निर्माण गर्ने गरेको घोषणा लगत्तै सहयोगी दाताहरू अगाडि आएका छन् । र एकै दिनमा १७ लाख भन्दा बढि रकम दाताहरूले उपलब्ध गराउने घोषणा गरेका छन् ।
सभाको कार्यालय भवन निर्माणका लागि विनोद अग्रवालले ३ लाख, जगदिशप्रसाद–पुरुषोत्तम अग्रवालले २ लाख, सभाका निवर्तमान अध्यक्ष अभिषेक तोदीले २ लाख, मदनलाल बगडियाले २ लाख, रमेशकुमार–मिनादेवी जिन्दलले २ लाख, प्रहलाद राय–पुष्पादेवी सिंघलले २ लाख, बंशिधर–देवकिनन्दन अग्रवालले २ लाख, कृष्णकुमार लोहियाले १ लाख, रमेशकुमार कनोडियाले १ लाख, तुलसी गोयलले १ लाख ५० हजार र प्रयाग चन्द्र–नारायण अग्रवालले ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । र सभाको लागि सहयोग रकम जुटने क्रम जारी छ ।
नवनिर्वाचित अध्यक्ष राजकुमार अग्रवालले पदाधिकारी र सदस्यहरूलाई आफ्ना कार्यसमितिमा मनोनयन गरेका छन् । र शनिबार सबै पदाधिकारी र सदस्यहरूको पदस्थापन भएको छ । नवनिर्वाचित अध्यक्ष राजकुमार अग्रवालले उपाध्यक्षमा पृथ्वीकुमार अग्रवाल र प्रेमकुमार राजगढिया (पिंटू), महासचिवमा राजेश अग्रवाल, सचिवमा भरत खेतान र बिमलकुमार अग्रवाल, कोषाध्यक्षमा सीए अश्विनी बंशल र सहकोषाध्यक्षमा कैलाशकुमार अग्रवाललाई मनोनय गरेका छन् ।
राजेश बगडिया, अमित सिघल, प्रमोद जिन्दल, धर्मेन्द्र राजगढिया, दिपक अग्रवाल, अभिषेक केडिया, श्यामसुन्दर सरावगीलाई सभाको सदस्यमा मनोनयन गरेका छन् । हंसराज अग्रवाल, तुलसी गोयल, बिनोद अग्रवाल, बिजय अग्रवाल, ओमप्रकाश अग्रवाल, अरुण तोदी, बिनोद अग्रवाल (चौधरी) घनश्याम सराफ, संजय अग्रवाल, संदीप बगडिया अजय अग्रवाल, मनिष खेतान, विनय चौधरी, राजेश लोहिया र गोपाल तोदीलाई सभाको विशेष आमन्त्रित सदस्यमा मनोनयन गरेका छन् । नवनिर्वाचित अध्यक्ष राजकुमार अग्रवालको नेतृत्वमा सभाको कार्यसमिति ३१ सदस्यीय बन्न पुगेको छ ।
नेपाल अग्रवाल सभा विराटनगरको शनिबार सम्पन्न पदस्थापन कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रिय उपाध्यक्ष भिखमचन्द सरल समाजसेवी, बेनिगोपाल मुन्दडा, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका अध्यक्ष सतिश दुगढ, सभाका पूर्व अध्यक्ष ताराचन्द खेतान, रामअवतार अग्रवाल, लक्ष्मण नेवटिया, अभिषेक तोदी, नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष मनिष अग्रवाल, नेपाल अग्रवाल महिला मञ्च विराटनगरका अध्यक्ष उमा चौधरीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
२०३९ सालमा नेपाल अग्रवाल सभा विराटनगरको स्थापना भएको थियो । सभाको स्थापना भएको ४० वर्ष पुगेको छ । ४० वर्षको अवधिमा सभाको लागि कार्यालय भवनको शिलान्यास र भवन निर्माण कार्य सम्पन्न गरेर उद्घाटन गर्ने राजकुमार अग्रवाल पहिलो अध्यक्ष बन्ने छ । अध्यक्ष राजकुमार अग्रवालले सभालाई अगाडि बढाउने कुनै कसुर बाँकी नछोड्ने उद्घोष गरेका छन् ।