सी.एन.आई. कोशी एक्स्पो २०२५ को तयारी सुरु

  • ब्रह्मदेव यादव, विराटनगर ५४४  पटक हेरिएको

शुक्रबार, साउन २५, २०८१ समय : १४:१७:४६ , २ महिना अगाडि

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गर्न लागेको सी.एन.आई. कोशी एक्स्पो २०२५ को तयारी सुरु गरेको छ । नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिले २०८१ साल माघ ११ देखि २१ गतेसम्म विराटनगरमा सी.एन.आई. कोशी एक्स्पो २०२५ को आयोजना गर्न लागेको छ ।

नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिले सन् २०२३ मा विराटनगरमा सी.एन.आई. कोशी एक्स्पोको भव्य आयोजना गरिसकेका छन् । १ वर्षको तयारी पछि परिसंघले पुनः सन् २०२५ मा सी.एन.आई. कोशी एक्स्पोको आयोजना गर्न लागेको हो ।

नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिले उपाध्यक्ष गिरिजा सारडाको संयोजकमा उपाध्यक्ष रमेश राठी र कोषाध्यक्ष साकेत राठीलाई सहसंयोजक बनाएर सी.एन.आई. कोशी एक्स्पो २०२५ को तयारी पुरा गर्न जिम्मेवारी सुम्पिएका थिए ।

गिरिजा सारडा संयोजकको समितिले परिसंघ कोशी प्रदेश समितिको आगामी कार्यकारिणी समितिको बैठकमा   तयारी बारे प्रतिवेदन बुझाउन लागेको छ । शुक्रबार चिरफार डटकम सँग कुरा गर्दै तयारी समितिका संयोजक सारडाले भनेः विराटनगर–२ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गको खाली मैदानमा सी.एन.आई. कोशी एक्स्पो २०२५ आयोजना गर्ने स्थानको टुंगो लागेको छ ।

मुख्य प्रयोजक, सहप्रायोजक सहित प्रयोजक र कतिवटा देशका कति स्टल एक्स्पोमा रहने तयारी बारे परिसंघको बैठकमा प्रतिवेदन बुझाउने तयारी पुरा भइसकेको जानकारी गराए । विराटनगरमा एउटा एक्स्पो सम्पन्न गर्न २ करोड रुपैयाँ भन्दा बढि खर्च लाग्छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी पवनकुमार सारडाले एक्स्पोका लागि निर्माण गरिने स्टल र डोम बाहिर देशबाट ल्याउनु परेको कारण एक्स्पोको खर्च २ करोड भन्दा बढि पुग्ने गरेको बताए ।