- ब्रह्ममदेव यादव, विराटनगर ६२७ पटक हेरिएको
शनिबार, भाद्र ०१, २०८१ समय : १७:३१:१९ , २ महिना अगाडि
मुनन रिजाल, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशी प्रदेशको अध्यक्ष पदमा निर्वाचित भएका छन् । युवा उद्यमी मञ्च कोशीको शनिबार विराटनगरमा सम्पन्न प्रथम वार्षिक साधारण सभाले रिजाललाई निर्विरोध अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
युवा उद्यमी मञ्च कोशीले सुशान्त प्रधानलाई लनिङ्ग चेयर, विशाल अग्रवाललाई को–लनिङ्ग चेयर, शरद जोशीलाई मेम्बरसिप चेयर, कुनाल साहलाई को–मेम्बरसिप चेयर, रजत साइवालालाई स्टाटप चेयर, केशव राठीलाई फाइनाइन्स चेयर, अश्विनी गोल्छालाई मिडिया एण्ड कम्यूनिकेशन चेयर र सोनाम छिरिङ शेर्पालाई एक्जुकेटिब चेयर पदको जिम्मेवारी प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगर, नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरे, कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, उपाध्यक्ष दिपक पौडेल र सुशिल जोशी, कोषाध्यक्ष साकेत राठी, महानिर्देशक विजय हरि शर्मा र नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले मन्तव्य व्यक्त गर्दै युवा उद्यमी मञ्च कोशीका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई र शुभकामना दिएका थिए ।