गुडलाइफ कोदो डाइजेष्टिभ बिस्कुटको उत्पादन सुरु 

  • ब्रह्मदेव यादव, विराटनगर ३५६  पटक हेरिएको

सोमबार, भाद्र १०, २०८१ समय : १६:०३:५७ , २ महिना अगाडि

नेपालमा पहिलो पटक निजी क्षेत्रले कोदो बिस्कुटको उत्पादन सुरु गरेको छ । पूर्वी नेपालको प्रतिष्ठित उद्योगी महेश जाजुले नेपालमा कोदो बिस्कुटको उत्पादन सुरु गरेको हो । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय बजारमा कोदोको बिस्कुट बिक्री गर्ने लक्ष्यका साथ उद्योगी जाजु अगाडि बढेका छन् । उद्योगी जाजु सञ्चालक रहेको एसियन बिस्कुट उद्योगले कोदोको पिठोबाट बिस्कुटको उत्पादन सुरु गरेको हो ।

पश्चिम नेपालमा पछिल्लो समय घरेलु र लघु उद्योगका सञ्चालकले कोदोको पिठोबाट बिस्कुट उत्पादन गरिरहेका छन् । तर निजी क्षेत्रले सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन गरिरहेको एसियन बिस्कुट उद्योगले राष्ट्रिय स्तरमा कोदोको पिठोबाट बिस्कुट उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने लक्ष्यका साथ अगाडि बढेका छन् । कोदोको पिठोबाट उत्पादन गरिएको बिस्कुटको नाम गुडलाइफ कोदो डाइजेष्टिभ राखिएको छ । बिस्कुटलाई सुगन्ध र बास्नादार बनाउन कोदोको पिठोमा अलैँची र दाल चिनीको धुलो मिसाइएको छ ।

बिस्कुटका लागि चाहिने आवश्यक कच्चा पदार्थ कोदो, अलैँची र दाल चिनी सबै नेपाली उत्पादन रहेका छन् । र नेपाली उत्पादनलाई उद्योगी जाजुले प्रोत्साहन गरेका छन् । कोदोलाई पौष्टिक आहारको रुपमा लिने गरिएको छ । पछिल्लो समय अवैध खानपानका कारण मानिसमा सुगर, प्रेसर लगायतका रोगको समस्या छ । स्वास्थ्य र अस्वास्थ्य दुवै मानिसका लागि एसियन बिस्कुट उद्योगबाट उत्पादन भइरहेको गुडलाइफ कोदो डाइजेष्टिभ बिस्कुट खादा स्वास्थ्यलाई फाइदा पुग्ने छ ।

उद्योगका सञ्चालक महेश जाजुले कोदोको पिठोबाट उत्पादन थालिएको बिस्कुटको बारेमा नेपाल, भारत सहित अन्तर्राष्ट्रिय बजारमा चासो सँगै माग बढेको छ । भारतमा कोदो बिस्कुटको नमुना पठाइ सकिएको छ । र भारतले छिटैनै कोदो ब्रान्डको बिस्कुट पठाउन माग गरेको छ । माग बमोजिम बिस्कुट उत्पादन भइरहेको उद्योगी जाजुले बताए ।