- ब्रह्मदेव यादव, विराटनगर १०५२ पटक हेरिएको
सोमबार, आश्विन १४, २०८१ समय : १५:३२:१० , १ वर्ष अगाडि
विराटनगरको सुविधा सम्पन्न श्री हस्पिटलमा सबै रोगको उपचार सेवा भइरहेको छ । पछिल्लो समय नयाँ व्यवस्थापन पक्षले एकै ठाउँबाट सबै रोगको उपचार सेवा प्रदान गर्ने उद्देश्यका साथ श्री हस्पिटललाई सञ्चालनमा ल्याएको छ । सुनिल राय, सुरेन्द्रकुमार मेहता, मो. यासिम, जावेद अन्सारी र सुदिप खत्रीले बिरामीलाई २४सैं घण्टा उपचार सेवा प्रदान गर्ने गरी श्री हस्पिटललाई नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याएको हो ।

विराटनगरको अस्पताल चौक नजिक रहेको श्री हस्पिटलले सोमबारदेखि ओ.पि.डि. सेवा, आई.सी.यू. सेवा, एन.आई.सि.यू. सेवा, पि.आई.सि.यू. सेवा, फिजिसियन सेवा, प्रसुति तथा स्त्री रोग सेवा, नवजात शिशु तथा बाल रोग सेवा, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी सेवा, हाडजोर्नी तथा नशा रोग सेवा, मानसिक रोग सेवा, प्रोस्टेट तथा किड्नी रोग सेवा, न्यूरो तथा स्पाइन ओ.पि.डि. सेवा, छाला तथा यौन रोग सेवा, एसी सहितको जनरल वार्ड तथा क्याबिन सेवा, कम्प्युटराइज ल्याब सेवा, २४सैं घण्टा इमर्जेन्सी तथा फार्मेसी सेवा, जले पोलेको बिरामीको उपचार सेवा सुरु गरेको छ ।

पेट, छाती, मुटु, कलेजो, फोक्सो, सुगर, प्रेसर रोग विशेषज्ञ डा. मो. नौसाद अन्सारी, बरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. रुपेश सिंह, बरिष्ठ जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा. हरेराम माझी, बरिष्ठ जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा. अरबिन्द यादव, नाक, कान घाटी रोग विशेषज्ञ डा. रौनक दाहाल, स्पाइन सर्जन डा. शतिशकुमार साहले श्री हस्पिटलबाट आफ्नो सेवा सुरु गरेका छन् ।

यस अघि श्री अस्पतालमा ४ करोड रुपैयाँ लगानी रहेको थियो । नयाँ व्यवस्थापन पक्षले १ करोड रुपैयाँ लगानी थपेर ५ करोडको लगानीमा एकै ठाउँबाट बिरामीलाई सबै रोगको उपचार सेवा प्रदान गर्ने लक्ष्यका साथ श्री हस्पिटललाई सञ्चालनमा ल्याएको छ । नयाँ व्यवस्थापन पक्षले सोमबार पत्रकार सम्मेलन गरेर अन्य अस्पतालको तुलनामा श्री हस्पिटलले सस्तो दरमा उपचार सेवा सुरु गरेको बताए । ल