
- ब्रह्मदेव यादव, विराटनगर ७७५ पटक हेरिएको
बुधबार, आश्विन ३०, २०८१ समय : १३:३२:०१ , ४ महिना अगाडि
नेपाल प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले डा. सोनिका सिंह श्रेष्ठलाई ३५ हजार राशीको छात्रवृत्ति प्रदान गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९औं प्रहरी दिवसको अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा प्रहरी कल्याण कोष द्वारा प्रदान गरिने उत्कृष्ट जेहेनदार छात्रवृत्ति डा. सोनिका सिंह श्रेष्ठलाई प्रदान गरिएको हो ।
डा. सोनिका सिंह श्रेष्ठ नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक नयन कुमार श्रेष्ठका छोरी हुन् । नेपाल प्रहरीको प्रहरी कल्याण कोषले प्रत्येक वर्ष प्रहरी दिवसको अवसरमा बहालवाला र पूर्व प्रहरीका छोराछोरीलाई यो छात्रवृत्ति प्रदान गर्ने गरिएको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले डा. सोनिका सिंह श्रेष्ठलाई ३५ हजार राशीको नगद छात्रवृत्ति सहित प्रमाणपत्र प्रदान गरेका हुन् ।
कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुवेर खापुङ, प्रहरी वरिष्ठ उपरीक्षक एवं छात्रवृत्ति छनौट समितिका अध्यक्ष भीमबहादुर दाहाल र प्रहरी कल्याण कोषका सदस्य सचिव प्रहरी निरीक्षक शेखर जंग मल्लले डा. सोनिका सिंह श्रेष्ठलाई प्रदान गरिएको प्रमाणपत्रमा हस्ताक्षर गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथि रहेको ६९औं प्रहरी दिवस २०८१ मा उत्कृष्ट प्रहरी, जग्गा दाता सहित सहयोगी संघसंस्थाका पदाधिकारीहरूलाई सम्मान गरेका थिए ।