सबैले देख्ने गरी काम गर्छु– एसपी चिमरिया

  • चिरफार डटकम, विराटनगर ५१९  पटक हेरिएको

बुधबार, कार्तिक ०७, २०८१ समय : १८:२७:११ , ४ महिना अगाडि

 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले सबैले देख्ने गरी प्रहरीले काम गर्ने बताएका छन् । सोमबारदेखि मोरङ प्रहरी प्रमुखको पदभार सम्हालेका एसपी चिमरियाले बुधबार सञ्चारकर्मीहरू सँग भेटघाट गर्दै जिल्ला वासीलाई शान्ति सुरक्षाको अनुभुति दिलाउने गरी काम गर्ने बताए । मोरङका ३ दर्जनभन्दा बढि सञ्चारकर्मीहरूले नेपाल भारतको सीमान्त क्षेत्रबाट हुने गरेको चोरी तस्करी, लागूऔषध ओसारपसार, वेश्यावृत्ति, मसाज सेन्टर भित्र हुने गरेको अवैध गतिविधि, जुवा, कौडा, तास, डाइसदेखि नेपालबाट भारत तर्फ हुने गरेको गाजा तस्करीका बारेमा प्रश्न उठान गरेको र सबै प्रश्नको प्रहरीले कामबाटै जवाफ दिने एसपी चिमरियाले बताए ।