- ब्रह्मदेव यादव, विराटनगर ६३२ पटक हेरिएको
सोमबार, कार्तिक १२, २०८१ समय : १८:१९:०५ , १ महिना अगाडि
उद्योग संगठन मोरङले सोमबार विराटनगरमा भव्य समारोहको आयोजना गरेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् । नेपालीहरूको महान चाड शुभ–दीपावली, नेपाल सम्वत् ११४५ र छठ पर्वको अवसर पारेर संगठनले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका थिए ।
जुन कार्यक्रममा सबै क्षेत्र तह र तप्काका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया, सशस्त्र प्रहरी बल ३ नं. गण हेडक्वार्टर मोरङका प्रहरी प्रमुख एसपी विश्व खड्का, राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एसपी तिलक प्रसाईं, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडा र प्रमुख संरक्षक महेश जाजु, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नविन रिजाल र अविनाश बोहरा, मोरङ उद्योग व्यापार संघका बरिष्ठ उपाध्यक्ष अनिल साह, उपाध्यक्ष विकास बेगवानी, अनिल सारडा, विराट व्यापार संघका अध्यक्ष अंशु बंजरा, संघिय सांसद तथा सार्वजनिक लेखा समितिका संयोजक ऋषिकेश पोखरेल, काेशी प्रदेश सांसद भीम पराजुली, नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, केन्द्रिय सदस्य जीवन घिमिरे, नेता विनोद ढकाल, नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईं, कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य महेश रेग्मी, लोसपा मोरङका अध्यक्ष मो. कादिर, विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकाल, आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख भुपालराज शाक्य, भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रिय सचिव प्रविण जोशी सहित उद्योगी, व्यवसायी, ट्रड यूनियनका पदाधिकारी र सञ्चारकर्मीहरू संगठनको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि थिए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, बरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष राजकुमार गोल्छा, भोलेश्वर दुलाल (भोला), बिपिन काबरा, कोषाध्यक्ष सुबोध कोइराला, कार्यसमिति सदस्य पारस लुनिया, राजन खत्री र सौरभ सारडाले अतिथिहरूलाई स्वागत र सम्मान गरेका थिए । संगठनले आगन्तुक पाहुनाहरूलाई तिहारको देउसी भैली गीतले पनि स्वागत गरेका थिए ।