विराटनगरमा इस्कोनका लालगोविन्द प्रभुजीले भागवत कथा वाचन गर्दै 

  • ब्रह्मदेव यादव, विराटनगर १४९१  पटक हेरिएको

मंगलबार, कार्तिक २७, २०८१ समय : १२:१२:१६ , ३ महिना अगाडि

विराटनगरमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का लालगोविन्द प्रभुजीले भागवत कथा वाचन गर्ने भएका छन् । लालगोविन्द प्रभुजीले सरल र सुन्दर शैलीमा हिन्दी भाषामा भागवत कथा वाचन गर्ने छन् ।

इस्कोन विराटनगरले मंगलबा पत्रकार सम्मेलन गरेर मंसिर १ गतेदेखि ७ गतेसम्म लाल गोविन्द प्रभुजीले विराटनगरको तीनपैनी स्थित श्याम मन्दिरमा भागवत कथा वाचन गर्ने जानकारी गराए ।

विराटनगर–२ स्थित तीनपैनीको श्याम मन्दिरको हलमा प्रत्येक दिन दिनको ३ बजेदेखि ७ बजेसम्म लालगोविन्द प्रभुजीले भागवत कथा वाचन गर्नुहुने इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीले जानकारी गराए ।

भारतको गुजरात राज्यका लालगोविन्द प्रभुजी व्यापारी घरानाका हुन् । पेशाले सफ्टवेयर कम्प्युटर इन्जिनियर लालगोविन्द प्रभुजी ५० प्रतिशत समय व्यापार र ५० प्रतिशत समय इस्कोनका लागि भागवत कथा वाचनमा खर्च गरिरहेका छन् ।

इस्कोन विराटनगरले लालगोविन्द प्रभुजीको भागवत कथालाई भव्य रुपमा सम्पन्न गर्न डा. राहुल सरावगीलाई संयोजकको जिम्मेवारी दिएका छन् ।

विराटनगरमा पहिलो पटक कथा वाचन गर्न लाग्नु भएका लालगोविन्द प्रभुजीको कथा वाचन कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीको टिम जोडतोडका साथ काम गरिरहेका छन् ।