- चिरफार डटकम, विराटनगर ४८५ पटक हेरिएको
शुक्रबार, मंसिर २१, २०८१ समय : १४:१२:२९ , १ वर्ष अगाडि
प्रारम्भिक बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि विराटनगरमा सुरु भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको कला, कानुन र शिक्षाशास्त्र संकाय विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय बालविकास सम्मेलनको शनिबार समापन हुनेछ ।

पूर्वाञ्चल विश्वविद्यालय कला, कानुन र शिक्षाशास्त्र संकाय तर्फका डिन प्रा.डा. अनिलकुमार पोखरेलका अनुसार अमेरिका, इङ्ल्याण्ड, पाकिस्तान, बंगलादेश, भारत र नेपालका गरी २ सय जना बाल विकास विशेषज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता रहेको बताए ।
विराटनगरको विग होटलमा सञ्चालन भईरहेको अन्तर्राष्ट्रिय प्रारम्भिक बालविकास सम्बन्धी सम्मेलनमा लामो समयदेखि बाल विकासको क्षेत्रमा काम गरेर विद्यावारिधी गर्नु भएका ४० जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेर आ–आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार अन्तर्राष्ट्रिय बालविकास सम्मेलनको उद्घाटन गरेका छन् ।