लेनदेनमा औषधि खरिद

  • ब्रह्मदेव यादव, विराटनगर ५०८  पटक हेरिएको

सोमबार, मंसिर २४, २०८१ समय : १४:२३:१९ , २ महिना अगाडि

कोशी प्रदेश सरकारको औषधि आपूर्ति केन्द्र विराटनगरले लेनदेनमा औषधि खरिद गर्ने गरेको रहस्य बाहिरिएको छ । कोशी प्रदेश सरकारको औषधि आपूर्ति केन्द्र विराटनगरले आर्थिक वर्ष २०७५ देखि आर्थिक वर्ष २०८०/०८१ सम्म आर्थिक वर्ष सकिन १५ दिन बाँकी रहेको अवस्थामा औषधि खरिद गरिएको तथ्याङ्क बाहिरिएको हो ।

कोशी प्रदेश सरकारले औषधि खरिदका लागि बजेट मार्फत रकम विनियोजन गरिएको भए पनि औषधि आपूर्ति केन्द्र विराटनगरले आर्थिक वर्ष सकिने १५ दिन बाँकी रहेको समयमा औषधि उत्पादक कम्पनी सँग लेनदेनमा औषधि खरिद गरिरहेको रहस्य बाहिरिएको हो ।

कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्री भुपेन्द्र राईले केही दिन अगाडि स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरेर औषधि खरिद प्रक्रिया अस्तव्यस्त रहेकोले आफूले त्यसलाई व्यवस्थित गर्न खोजेको बताए । औषधि आपूर्ति केन्द्र विराटनगरले आर्थिक वर्ष २०८०/०८१ सकिने बेला असार मसान्तमा विभिन्न ७ वटा औषधि उत्पादक कम्पनी र फर्मबाट ३ करोड ७१ लाख रुपैयाँ बराबरको औषधि खरिद गरेका थिए ।

कोशी प्रदेश सरकारले प्रदेश भरीका जनतालाई निःशुल्क रूपमा औषधि वितरण गर्ने गरी ओषधि खरिद गर्ने गरेका छन् । औषधि आपूर्ति केन्द्र विराटनगरको स्टोर शाखामा विगत लामो समयदेखि हालीमुहाली गरेर बसिरहेका कर्मचारी तन्त्रले विभिन्न औषधि उत्पादक कम्पनी र फर्मसँग आर्थिक वर्ष सकिने बेलामा मिति सकिन लागेको औषधि लेनदेनमा खरिद गर्ने गरेका छन् ।