
- चिरफार डटकम, विराटनगर ४०० पटक हेरिएको
बिहिबार, पुष १८, २०८१ समय : १८:०३:१७ , १ महिना अगाडि
कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट उद्योग, कृषि तथा सहकारी मन्त्रालय सम्हाली रहेका मन्त्री खगेनसिं हाङगामले बिहीबार मन्त्रालयमै पत्रकार सम्मेलन गरेर कृषि क्षेत्र बारे भएको १०० दिनको उपलब्धि सार्वजनिक गरेको हो ।
मन्त्री हाङगामले कृषि क्षेत्र बारे कोशी प्रदेशमा भएको उपलब्धिलाई १३ बुँदामा समेटेर सार्वजनिक गरेका छन् । सहकारीमा रहेको सर्वसाधारणको बचतलाई सुरक्षित गर्न सहकारी संस्थामा एप्लिकेशन सफ्टवेय प्रयोग सम्बन्धी कार्य विधि स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।
हालसम्म १७ वटा कम्पनी यसमा सूचिकृत भइसकेका छन् । १ हजार ३ सय सहकारीले सफ्टवेयर प्रयोगको सुरुवात गरेका छन् । यसबाट सहकारी क्षेत्रको व्यवस्थापन र नियगमन महत्त्वपूर्ण उपलब्धि रहेको मन्त्री हाङगामले बताए । प्रदेशमा संकट उन्मुख सहकारी संस्थालाई सुरक्षित गर्न ऐनमा संशोधन गरेर समिति गठन गर्ने निर्णय भएको छ ।
जुन निर्णयलाई बिहीबार बसेको कोशी प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले अनुमोदन गरेको छ । प्रदेशमा दुग्ध तथा मासु जन्य पदार्थलाई स्वस्थ र स्वच्छ बनाउन इलामको १० वटै स्थानीयता तहमा खोरेत रोग मुक्त बनाउन खोप कार्यक्रम सञ्चालन भइरहेको मन्त्री हाङगामले बताए ।
कृषि व्यवसायीमा लगानी प्रवर्द्धन गर्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्था मार्फत कृषि कर्जाले कृषि व्यवसायी सञ्चालन गर्न किसानलाई ब्याजमा अनुदान उपलब्ध गराउने सरकारको तयारी छ ।