इन्द्रदेव यादव मोरङको सिडियो

  • ब्रह्मदेव यादव, विराटनगर ७४४  पटक हेरिएको

मंगलबार, पुष २३, २०८१ समय : १४:१५:५२ , ७ दिन अगाडि

मोरङको सिडियोमा इन्द्रदेव यादवको पोस्टिङ भएको छ । गृह मन्त्रालयले सोमबार यादवलाई मोरङको सिडियोमा पोस्टिङ गरेको हो । गृह मन्त्रालयका सहसचिव यादव यस अघि मन्त्रालयमै कार्यरत रहेका थिए ।

गृह मन्त्रालयले मोरङका सिडियो प्रेमप्रसाद भट्टराईलाई मन्त्रालयमा फिर्ता बोलाएर यादवलाई मोरङ सिडियोको जिम्मेवारी दिएको छ । भट्टराईले २०८० पुस २ गतेदेखि २०८१ पुस २३ गतेसम्म मोरङको सिडियो भएर काम गरे ।

यादव रौटहट, सर्लाही, सुनसरी, ईलाम, चितवन हुँदै मोरङमा प्रमुख जिल्ला अधिकारीको पदभार सम्हालेका छन् । पुखौली घर सिरहा भएका यादव पछिल्लो समय विराटनगर महानगरपालिकाको वडा नं. ४ मा घर बनाएर बसोबास गरिरहेका छन् ।

यादव मोरङको दोस्रो यादव समुदायको सिडियो हुन् । यस अघि सर्लाहीका विरेन्द्रकुमार यादव मोरङको सिडियो भइसकेका छन् । विरेन्द्रकुमार यादवले २०८० सालमा मोरङमा साढे ८ महिना सिडियो भएर काम गरेका थिए । यादवले २०८० वैशाख १७ गतेदेखि २०८० पुस १ गतेसम्म मोरङको सिडियो भएर काम गरेका थिए ।

इन्द्रदेव यादवले २०८१ पुस २४ गते बुधवारदेखि मोरङ सिडियोको जिम्मेवारी सम्हाल्ने छ ।