“ब्याचलर अध्ययन पुरा गरेर मात्र विदेश जाउँ”

  • ब्रह्मदेव यादव, विराटनगर ३४५  पटक हेरिएको

सोमबार, पुष २९, २०८१ समय : १७:२५:३८ , १ महिना अगाडि

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्नातक तहको अध्ययन पुरा गरेर मात्र विदेश जान विद्यार्थीलाई सुझाव दिएका छन् । यसका लागि नेपाल कम्युनिस्ट पार्टीले विद्यार्थीसँग बहस चलाउने निर्णय गरेको छ । बढ्दो विद्यार्थी पलायनलाई रोक्न नेपाल कम्युनिस्ट पार्टीले यस्तो निर्णय गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टीको किराँत लिम्बुवान कोशी प्रदेश समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो ।
नेपाल कम्युनिस्ट पार्टी किराँत कोशी प्रदेशका इन्चार्ज दिपेश सीले आजको बदलिँदो परिस्थितिमा १६ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी कक्षा १२ को अध्ययन पुरा गरी सकेर उच्च शिक्षा अध्ययनको नाममा विदेश पलायन हुने प्रचलन बढेकोले त्यसलाई रोक्न पुस २२ र २३ गते धरानमा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको जानकारी गराए ।
पत्रकार सम्मेलनमा इन्चार्ज दिपेश सीले भने : कम उमेर समूहका विद्यार्थी सँग काम गरेको अनुभव नहुँदा विदेशमा दुःख पाइरहेका छन् । उमेर परिपक्क भइसकेपछि नेपाली विद्यार्थीले विदेशमा काम गर्न सक्ने भएकोले दुःख पाउँदैन ।
त्यस्तो परिपक्क हुन स्नातक तहसम्मको अध्ययन पुरा गर्न जरुरी छ । तर कक्षा ११ र १२ को अध्ययन पुरा गरेर विदेश पलायन भइरहेका विद्यार्थीलाई जान नरोक्ने इन्चार्ज दिपेश सीले बताए ।