लायन्स क्लब योङहर्टद्वारा ब्लाङ्केट वितरण

  • चिरफार डटकम, विराटनगर २५०  पटक हेरिएको

बुधबार, माघ ०२, २०८१ समय : १४:४३:०६ , १ महिना अगाडि

लायन्स क्लब अफ विराटनगर योङहर्टले आमाको माया छात्रावास विराटनगरमा ब्लाङ्केट वितरण गरेको छ । लायन्स क्लब अफ विराटनगर योङहर्टका अध्यक्ष युवा उद्यमी विकासकुमार बेगवानी नेतृत्वको टोली मंगलबार जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित विराटनगर स्थित आमाको माया छात्रावासमै पुगेर ब्लाङ्केट वितरण गरेका थिए ।

लायन्स क्लब अफ विराटनगर योङहर्टका दोस्रो कार्यकालका अध्यक्ष विकासकुमार बेगवानीले सन् २०२५ मा पहिलो कार्यक्रम अन्तर्गत आमाको माया छात्रावासमा ब्लाङ्केट वितरण गरेका छन् ।

क्लबका प्रथम उपाध्यक्ष पंकज बाहेती, उपाध्यक्ष ज्योति गुप्ता, सचिव यूनिसराज श्रेष्ठ, बोर्डमेम्बर गोविन्द लुँइटेल, कमलेश अग्रवाल, सन्तोष अटल ब्लाङ्केट वितरण गर्न आमाको माया छात्रावास पुगेका थिए ।

जनजाति कल्याण आश्रम नेपालका केन्द्रीय महासचिव प्रेम थुलुङको उपस्थितिमा क्लबका अध्यक्ष विकासकुमार बेगवानी नेतृत्वको टोलीले छात्रावासमा अध्ययनरत विद्यार्थीहरूका लागि ब्लाङ्केट वितरण गरेका थिए ।