
- चिरफार डटकम, विराटनगर ३५९ पटक हेरिएको
बुधबार, माघ ०२, २०८१ समय : १८:१९:५३ , १ महिना अगाडि
नेपाल टाइम्सको प्रधान सम्पादकमा लिलाबल्लभ घिमिरे नियुक्त भएका छन् । नेपाल टाइम्स विराटनगरबाट प्रकाशन भइरहेको अनलाइन टेलिभिजन हो ।
नेपाल टाइम्स सञ्चालक समितिको बुधवार बसेको बैठकले घिमिरेलाई प्रधान सम्पादकमा नियुक्त गरेको सम्पादक हरिहर नेपालले जानकारी गराए । बुधवारदेखि नै घिमिरेले प्रधान सम्पादकको जिम्मेवारी सम्हालेका छन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका निवर्तमान अध्यक्ष घिमिरे लामो समयसम्म कान्तिपुर दैनिकमा विराटनगर समाचार दाताको रूपमा काम गरेका थिए ।
कोशी प्रदेशमा पूर्व मुख्यमन्त्री केदार कार्कीको जनसम्पर्क अधिकृतको रूपमा घिमिरेले काम गरिसकेका छन् ।