
- ब्रह्मदेव यादव, विराटनगर २५९ पटक हेरिएको
शुक्रबार, माघ ०४, २०८१ समय : १३:४०:४५ , ४ हप्ता अगाडि
उद्योग संगठन मोरङले २ हजार ५ सयभन्दा बढी विद्यार्थीहरूलाई करियर काउन्सेलिङ गर्ने तयारी गरेको छ । उद्योग संगठन मोरङले माघ ११ गतेदेखि २० गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १४ जतुवा स्थित डिग्री क्याम्पसको मैदानमा आयोजना गर्न लागेको विराट एक्स्पो २०२५ मा पेभिलियन मार्फत २ हजार ५ सयभन्दा बढी विद्यार्थीहरूलाई करियर काउन्सेलिङ गर्न लागेको संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी गराए ।
कक्षा १२ को अध्ययन पुरा गरेर विदेश जाने तयारीमा रहेका विद्यार्थीहरूलाई सिप सिकाउनका लागि पेभिलियन मार्फत काउन्सेलिङ गर्न लागेको अध्यक्ष सुरानाको भनाई छ । औद्योगिक र व्यवसायीक सिप सम्बन्धी ज्ञान हासिर गरिसकेपछि विदेश जाने तयारीमा रहेका विद्यार्थीलाई नेपालमै रोकेर रोजगारीको अवसर सृजना गर्न सक्ने अध्यक्ष सुरानाको भनाई छ ।
विराट एक्स्पो २०२५ को पेभिलियन मार्फत उद्यमशीलताको इकोस्टिम प्रवर्द्धन गर्ने उद्देश्यका साथ व्यवसायीक विकासका सबै सेवाहरू, बिटुबी, बजार, प्रविधि, गुणस्तर, मानव स्रोत र सिपका साथै साना घरेलु कृषि उद्योग लगायत सबै प्रकारका विषयको बारेमा विद्यार्थीलाई सिप सिकाउने छन् । हस्पिटालिटी, आईटि, इलेक्ट्रिकल विषयमा विद्यार्थीहरुलाई प्रत्यक्ष तालिम दिने र तालिम पछि विराट एक्स्पो कै पेभिलियन मार्फत प्रमाणपत्र वितरण गर्ने उद्योग संगठन मोरङको तयारी छ ।