छड, सिमेन्टमा भइरहेको कालोबजारी रोक्न सरकारलाई निर्माण व्यवसायीको ज्ञापन पत्र

  • चिरफार डटकम, विराटनगर ३५४  पटक हेरिएको

आइतबार, माघ ०६, २०८१ समय : १७:२७:२८ , ४ हप्ता अगाडि

निर्माण व्यवसायी संघ मोरङ विराटनगरले छड, सिमेन्टमा भइरहेको कालोबजारी रोक्न सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेशकुमार मिश्रको नेतृत्वमा गएको निर्माण व्यवसायीको टोलीले आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मार्फत प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै छड र सिमेन्टमा केही कारोबारीको सिन्डिकेट रहेकोले त्यसलाई भत्काउन माग गरेका छन् ।

पछिल्लो समय हार्डवेयर व्यवसायीले कायम गरेको सिन्डिकेटका कारण छड र सिमेन्टको मूल्य बढेको छ । सिमेन्टमा प्रति बोरा २ सय र छडमा प्रति केजी १५ सय रुपैयाँका दरले मूल्य बढेको छ । छड र सिमेन्टमा कालोबजारी भइरहेकोले त्यस्ता व्यवसायीलाई कारबाही गर्न संघले जोडदार माग गरेका छन् ।

निर्माण व्यवसायीहरूले काम गरेको अर्बौँ रुपैयाँ भुक्तानी पाउन बाँकी रहेकोले अविलम्ब भुक्तानी गरिदिन सरकार सँग माग गरेका छन् । निर्माण व्यवसायीले सरकारसँग १३ बुद्धे माग राखेर  ज्ञापन पत्र बुझाइएको र माग पुरा नभएको खण्डमा आन्दोलन गर्ने निर्माण व्यवसायी संघ मोरङले चेतावनी दिएका छन् ।