हिसान स्पोटर्स मिट माघ १० गतेदेखि

  • चिरफार डटकम, विराटनगर २००  पटक हेरिएको

मंगलबार, माघ ०८, २०८१ समय : १५:४३:४४ , ४ हप्ता अगाडि

माघ १० गते बिहीबारदेखि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल मोरङ (हिसान) को स्पोटर्स मिट सुरु हुर्दैछ । विराटनगरमा सञ्चालन हुने स्पोटर्स मिटमा ३२ टिमको सहभागिता रहेका छन् ।

हिसान मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर स्पोटर्स मिट बारे जानकारी गराएको छ । हिसान मोरङका अध्यक्ष अमित ढकाल, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसानका केन्द्रीय सदस्य राजेश कार्की र शंकर भट्टराई, हिसान कोशी प्रदेश अध्यक्ष ज्ञानबहादुर खड्का र प्रदेश सदस्य लक्ष्मण ढकाल पत्रकार सम्मेलनमा सहभागी थिए ।

हिसान मोरङका अध्यक्ष अमित ढकालले कक्षा ११ र १२ मा अध्ययनरत ३० हजार विद्यार्थीहरूबाट १ हजार ७ सय भन्दा बढी विद्यार्थी स्पोटर्स मिटका लागि छनौट भएको जानकारी गराए । हिसान मोरङले स्पोटर्स मिटमा यस वर्ष महिला फुटबल र महिला कबड्डी खेल थप गरेको छ ।

माघ १० गतेदेखि १६ गतेसम्म चल्ने स्पोटर्स मिटमा पुरुष र महिला फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, पुरुष र महिला कबड्डी, पुरुष र महिला टेवलटेनीज सिङ्गल र डबल तथा लामो र छोटो दुरीका दौड प्रतियोगिताको खेल समावेश गरिएको छ ।

माघ १६ गते विराटनगरको सहिद रंगशालामा प्रतियोगिताको फाइनल खेल हुनेछ । प्रतियोगिता सम्पन्न गर्न ३० लाख रुपैयाँ खर्च हुने अध्यक्ष ढकालले बताए ।