
- चिरफार डटकम, विराटनगर ३५१ पटक हेरिएको
मंगलबार, माघ ०८, २०८१ समय : १५:४६:३२ , ४ हप्ता अगाडि
नेपाल कम्यूनिष्ट पार्टी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते शनिवार विराटनगरमा विराट एक्स्पो २०२५ ब्रिजिङ इनोभेशन तथा ईन्भेष्टमेन्ट को उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
उद्योग संगठन मोरङले विराट एक्स्पोको सबै गतिविधि डिजिटल प्रविधि मार्फत देखाउने भएकोले समय तालिकामा परिवर्तन गर्दै माघ ११ गते उद्घाटन गर्ने तय गरिएको कार्यक्रम माघ १२ गतेलाई सारिएको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना र संगठनमा उपाध्यक्ष एवं विराट एक्स्पो २०२५ का संयोजक भोलेश्वर दुलालले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा उद्घाटन पश्चात् माघ २० गतेसम्म चल्ने कार्यक्रममा कुनै परिवर्तन नगरिएको स्पष्ट पारेको छ ।
उद्योग संगठन मोरङले विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पो २०२५ को आयोजना गर्न लागेको छ । एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २ सय ६८ स्टल रहेका छन् । विराट एक्स्पो सुरु हुन ४ दिन बाँकी रहेको अवस्थामा सबै स्टलको बुकिङ हाउस फुल भएको छ ।
संगठनका अध्यक्ष राकेश सुरानाले औद्योगिक एवं व्यापारिक क्षेत्रबाट स्टल बुकिङको माग भइरहेको छ । तर अब स्टल थप गर्न सक्ने अवस्था नरहेको बताए । मङ्गलवार चिरफार डटकम सँग कुरा गर्दै अध्यक्ष सुरानाले भने एक्स्पो स्थलमा २ सय ६८ स्टल निर्माण गरिएको छ । निर्माण गरिएको सबै स्टलको बुकिङ हाउसफुल भई सकेको छ ।