विराट एक्स्पोको तयारीप्रति निजी क्षेत्रको चासो बढ्यो

  • ब्रह्मदेव यादव, विराटनगर ५५६  पटक हेरिएको

बिहिबार, माघ १०, २०८१ समय : १५:४६:५८ , ३ हप्ता अगाडि

उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गर्न लागेको विराट एक्स्पोको तयारीप्रति निजी क्षेत्रको चासो बढेको छ । संगठनले माघ १२ देखि २० गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पो २०२५ को आयोजना गर्न लागेको छ ।

संगठनले ३ करोड भन्दा बढी रकम खर्चेर आयोजना गर्न लागेको विराट एक्स्पोप्रति निजी क्षेत्रको चासो बढेको छ । केही दिन अगाडि मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङका पूर्व पदाधिकारी, नेपाल अग्रवाल सभा विराटनगर सहित दर्जनौँ सामाजिक संघ संस्थाका पदाधिकारीहरूले विराट एक्स्पोको अवलोकन गरेका थिए ।

बिहीबार विराटनगरका डेढ दर्जन भन्दा बढी युवाहरूले विराट एक्स्पोको अवलोकन गरेका छन् । राजनैतिक एवं समाजसेवी पवन सुराना, राजनैतिक उमेश यादव, मो. कादिर, मो. साहिल, अरुण राठी, अरुण सुराना, ढब्बु राठी सहित डेढ दर्जन भन्दा बढी युवाहरूले विराट एक्स्पोको तयारी बारे उद्योग संगठन मोरङका पदाधिकारी सँग जानकारी लिर्दै छलफल गरेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, उपाध्यक्ष एवं विराट एक्स्पो संयोजक भोलेश्वर दुलाल, उपाध्यक्ष विपिन काबरा, उपाध्यक्ष राजकुमार गोल्छा, कोषाध्यक्ष सुबोध कोइराला, कार्यसमिति सदस्य राजन खत्रीले विराट एक्स्पोको तयारीदेखि एक्स्पो स्थलमा रहेको २ सय ६८ स्टल मार्फत बिक्री हुने औद्योगिक तथा व्यापारिक सामानको बारेमा जानकारी गराएका थिए ।