
- चिरफार डटकम, विराटनगर ६२१ पटक हेरिएको
शनिबार, माघ १२, २०८१ समय : १६:३२:१८ , ३ हप्ता अगाडि
शनिबार विराटनगर भन्सार कार्यालयमा ७३ पिन्ट रगत संकलन भएको छ । ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार एजेन्ट संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ७३ जनाले रक्तदान गरेका थिए ।
संघीय सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कोशी प्रदेश सरकारका मुख्य मन्त्री हिक्मतकुमार कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकाल र विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्माले रक्तदान गर्ने व्यक्तिहरूलाई प्रमाण-पत्र वितरण गरेका थिए ।
विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्माले स्वयम् रक्तदान गरेका थिए । उपप्रधान एवं अर्थमन्त्री पौडेलले शर्मालाई प्रमाण-पत्र प्रदान गरेका थिए । माघ १३ गते आइतबारका विराटनगर भन्सार कार्यालयले ७३औं अन्तर्राष्ट्रिय दिवस मनाउँदै छ ।